१२ साउन २०८१, शनिवार

झापामा २५ जना आन्दोलनकारी पक्राउ

२८ फागुन २०७९, आइतवार
Image

झापामा २५ जना आन्दोलनकारी पक्राउ

मेचीनगर, २८ फागुन । झापाको विभिन्न स्थानमा बन्द गराउँदै हिड्ने २५ जना आन्दोलकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो झापाको दमक, बिर्तामोड, काँकरभिट्टा, चारआली लगायतका स्थानबाट २५ जना बन्दकर्तालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको उनको भनाई छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघ–संस्थाहरूले कोशी प्रदेशको नामाकरण गरेको विरोधमा आइतबार प्रदेशमा हड्तालको घोषणा गरेका छन् ।