२८ वैशाख २०८१, शुक्रवार

आमा ! काँइलो र सपना"

११ असार २०८०, सोमवार
Image

 काँइलाले विदेश आउँदाको ऋण सम्झियो । खुई काढ्यो अलि लामो सुस्केरा हाल्यो । दुबै हात टाउकोमा राखेर आकाश कन्यायो । गाँउका साहुको बढेमानको धम्कीको अत्यास सम्झियो । समयमै तिरिनस् भने यो लेखेको भन्दा डेढा ब्याज तिर्नुपर्छ नि काँइला....! छेवैको पानीले भरिएको बोतल एकै सोट्ठामा घटघटी पिएर सिद्य्यायो । घर-व्यवहार साथीभाई सम्झियो । मन सबै नेपालकै थुम्का-थुम्कामा छरपस्ट भयो । एउटा धर्केकपी र कलम लिएर लेख्न थाल्यो ।

 

         प्यारी आमा,

सास्टाङ्ग ढोग गरें ।

हजुर त बाह्रखरी नपढेकी मान्छे चिट्टी पढ्न जान्नुहुन्न मलाई थाहा छ । फेरी आँखाले पनि उस्तो भेउ पाउँन छाड्यो होला, हजुरकी बुहारीलाई चिट्ठी पढ्न लगाउँनु ल आमा... । आमा हजुरको न्यानो काखमा बसेर आफ्नै धर्तिमा खुसी साथ जीवन विताउँन मेरो शिक्षाले मलाइ सीपको क्षमता दिएन । निरपेक्षहरु बिरगञ्ज. भैरहवा. नेपालगञ्ज. जोगवनी. काकरभिट्टा र गड्डाचौकी जस्ता कैयौ नाकाबाट भारतको भूमिमा रोजगारी खोज्न लर्को लागेको देख्छु । उपल्लो तहको पढाई भएकाहरु पनि त्रिभुवन एयर्पोटमा लस्कर लागेर विदेशी भूमितिर लम्किरहेको ताँती देख्छु  । कहिले काँही विदेशी टेलिभिजनको च्यानलतिर.. । सीपको क्षमता भएको भए सुनको थलो छोडेर नुनको थलोमा पराईको नोकरमा बेचिनु पर्ने थिएन आमा... ! लेख्न छाडेर एकैछिन आङतन्कायो लामो श्वासतान्यो काँईलोले, । हाम्रो पहाडमा फल्ने घरतरुल, दुधेपिंडालु अनि सिमल तरुलको ‌औधी नै याद आउँछ । ति कन्दमुलहरु ऊ समयमा उसिनेर पोलेर पेटभरी खाईन्थ्यो । लटरम्म कटुस, घँगरु, ऐसेलु पाक्थ्यो, गोठाले कामै सहि वनजङ्गलबाटै पेटभरेर घरमा आईन्थ्यो । घर आउँनासाथ आमाले हलुङ्गेको थालभरी भुटेका मकै अनि एकछेउमा छुस्स भटमास दिनुहुन्थ्यो आहा आमा... !


चिप्लेटारको चौर अनि नरहाको जङ्गल ओदाने खर्कमा कालीबाख्रो, पेटारी बाख्रो, अनि तिनेरका जोर जोरै पाठा, बुर्कुसी मार्दै उफ्रिएको अनि पाँङ्रेखसी, रातुगाई चराएको झलझली याद आउँछ । मलाई त मधेश पनि छाडेर पहाडतिरै फेरी बसाई चढौ-चढौ जस्तो लाग्छ, आमा... ! ऊ बेला पहाडमा दुख भयो मधेश जौ भन्नुभयो बा,ले मेरो पनि अलि मुटु नछिप्पिदैको कुरा हुनुपर्छ । तराईमा काम गर्न अलि होलोखुकुलो हुन्छ भन्ने तपैले नि था,पाउनु भा"रैछ । ढाकर टेकान लिएर कुम्लो बोकेर सम्मतिर झरिहालियो । आबुई मधेशाँ त पानी फुकिखाने मान्छे हुँदारैछन साह्रै टाठाबाठा, त्यसो त समयले सिकाएको होला तिनिहरुलाई पनि। ऐचो पैचौ पनि चल्ने नाई बा,ले पनि मधेश झरेको दुईबर्षमै हामीलाई छाडेर नआउने बाटो गैहाल्नु भयो । हजुर हाम्रो कस्तो सकस जिन्दगी भयो है आमा... !  हो, अहिले निक्कै खतरनाक कामअनि ओभरटायमको प्रतिस्पर्दा गरेर अरुको मुलुक धनी बनाएको महसुस हुदा हृदय जल्छ। तर के गरु मेरो धर्तीमा कामगर्ने बातावरण कसैले दिएन ।


हाम्रो कन्ट्रिका शत-प्रतिशत शहरहरु धुवाँधुलोको चपेटामा छन् भन्छन ।सत्तरी प्रतिशत सार्वजनिक यातायातका कर्मचारीहरु अभद्र अनि अशिष्ठ भाषाको प्रयोग गरेर रुनु न हाँस्नु पार्छन् । नब्बे प्रतिशत खानेकुरा असुरक्षित तवरबाट बेचिन्छ ।नब्बे प्रतिशत ताजा तरकारीजन्य पदार्थ खुल्ला धुलोधुँवा खरानी हिलोबाटोको छेउ अनि भुँईमा राखेर असुरक्षित तरिकाले बेचविखन हुन्छ । पानी तथा हावा बिषाक्त छ भनेर यता परदेशका विदेशी मान्छेहरु गाईगुइ गर्छन ।तपाईकी वुहारीले त्यहा दुख छ भनि भो फर्कि आउनुस गरि खाँओला भनि घरि-घरि  भन्छे । तर ऋणको भारको कारणले यो बर्ष आउँन सक्तिन, आमा.. !


हाम्रो देशाँ किसानको छोरो कुनै नोकरी बन्द वेपार नभएको मान्छेलाई छोरी नदिने संस्कृतिको विकास भएको पत्तो पाइएन । मेरो बिहा गर्ननै चारदशक उमेर कुर्नु परेको हजुरलाई थाहै छ । धन्न मैले सिन्दुर हालेकी ति हजुरकी बुहारीका परिवार भर्खर-भर्खरै पहाडबाट झोडामा झरेका रैछन मेरैलागि छिप्पिएर बसेकी रैछन र कन्या दिए । विदेशबाट डलर ल्याउने मान्छे हुन कि ? कुन विदेशाँ गएकाहुन ?  सरकारको कुन निकायमा नोकरी गर्दै छौ ? बन्दवेपार के छ ? केटी के गरि पाल्ने रैछन त खास काम त केहि रैनछ ? मेरो विहावारीका बिषयमा हजुरहरुलाई हैरान पारेको भरखरै जस्तो मलाई भलिभाँती जानकारीमा छ । ठुला-ठुला भैसी पालेर दुध बेचेर पैसा कमाई रहेको छु भन्दा त मान्छे नै हैन कि जस्तो ठान्दा रहेछन । गोठालोलाई कसरी हाम्री सुखमा हुर्किएकी छोरी दिनु ...?  कुनै सरकारी अड्डा अदालतमा  विवाह गर्न कन्या खोजिपाउँ भनेर झण्डै निवेदन हाल्न पर्यो, तर त्यसै चै गर्न परेन । नत्र हाम्रो देशाँ किसानको खासा छोरोलाई त कन्या नपाएर अब बिहा गर्न नि कठिन भएछ आमा... ! धेरै  पैसा कमाएर अर्को सालको  दशैमा आउने छु ,अनि शहरमा घर किनेर रहर पुर्याउँला । खुसी साथ बरण्डामा बसौला चारैतिर आँखा सोझ्याएर खुट्टा हल्लाउँदै बसौला आमा.. ! त्यो सकिएन भने पहाडै फर्किएर बाख्रापालन व्यवसाय चलाउँछु । हजुरकी बुहारीले काममा मलाई साथ दिन्छिन भन्ने विश्वास लाग्छ । हजुरकी बुहारी कामकी भोकी निक्कै कमकरी रैछिन् । त्यस पछि हजुरले घोर्ले नाती खेलाउन पनि पाउनु हुनेछ आमा... !


म भने, अहिले यो विदेशाँ काममा मात्र हैन मानवता र आध्यात्मिकतालाई ह्यदयमा राखि समस्या समाधानमा सामूहिक भावनाको कसरी विकास गर्ने भन्ने विषयको खोजीमा छु । समान व्यबहार प्रसंसा ,आत्मियताधैर्यता, कसरी राख्ने भन्ने प्रश्नमा अल्झिएको छु ।  सामाजिक प्रतिष्ठानिष्पक्षता तथा वास्तविक न्यायसामाजिक न्यायसफलता र सकारात्मक काममा कसरी प्रतिष्पर्दा गर्ने भन्ने अभ्यासमा अभ्यस्त बन्दैछु । नेपाल जस्तो अल्प विकशित मुलुकमा प्रशंसाको सर्टिफिकेट मानिसले कसरी प्राप्त गर्ने...?  भन्ने विषयमा प्रत्येक नेपालीलाई सफलताको सिडीचढ्ने चढाउने तौर तरिका सिकिरहेको छु । यहि सिकाईलाई नेपालमा यसरी लागु गर्ने लक्ष्यका साथ आउनेछु आमा... !


आत्मा सन्तुष्ठिपारदर्शिता मित्रवत व्यवहार किन गर्ने...? र कसरी गर्नु पर्दछ ।लक्ष्यको परिणाम र प्रतिफलमा कामको मापन कसरी गर्ने...?  प्रशंसाको पात्र कसरी बन्ने हो ।आम उपभोक्ताको हितको निम्ति के कस्ता उत्पादनका काम गर्ने...? कस्तो लक्ष र उद्देश्य प्राप्ति प्रति हामी सचेत हुने....?  मानविय विकासमा सकारात्मक सोच गराउने तथा नकारात्मक प्रभाव बाट टाढा कसरी रहन सकिन्छ...? भन्ने विषयको जानकारी गराउँने ।मानव जीवन र जगत प्रति कृतज्ञ हुने बानीको  बिकास गर्ने गराउँने । आफुले जानेको शीप र कलालाई अरु समक्ष बाड्ने ।आफुले पनि प्रकृति र बिद्यमान सस्कृतिबाट सिक्ने बानीको विकास गर्ने ।असल सस्कृति निर्माणमा थप योगदान गर्ने उपायहरु अवलम्बन गर्ने ।खास जीवनको आधार मानव कल्याण पनि हो । त्यसैले आफुले जानेका शीपहरु समुदायमा सघन योगदान पुर्याउने ।


बिद्यमान समस्या समाधानमा सामूहिक पहल गर्ने । सामुहिक योगदानमा आधारित कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने । भुँईमान्छे अनि निर्धाहरुको भोकको समाधान कसरी गर्ने भन्ने विषयमा प्रत्येक चौतारी चियापसल. रङ्गशाला. व्यायामशाला. अनि हाटबजारहरुमा बहस चलाउँने । सकारात्मक सुझावलाई कार्यक्रममा समावेश गर्ने । निरपेक्ष नागरिकको रोगको समाधानको सोच र सहयोगको विकास  गर्ने ।चिन्तन मनन सोच र ब्यबहारलाई मानव उपयोगी बनाउँने ।राजनीतिले लपेटेर भित्ता सम्म पुर्याएको वर्तमान नेपाली समाजलाई छुद्र राजनीतिको लम्पट संस्कार र सँस्कृतिबाट टाढा बस्न सिकाउँने । धन्य मेरो धरती मेरा मातापिता ,पुर्खा र समाजलाइ जस्ले मलाइ सिकायो । चेत दियो ।


आमा... ! मैले यी कुराहरु विदेश आएर सिकेका कुरा हुन । अर्को बोतलमा रहेको बाँकी थोरै पानी घटघटी काँईलाले सक्यो । घाँटी अनि जाँङ कन्यायो । केहिबेर उता झ्याल बाहिरको सन्नाटालाई शुक्ष्म प्वालबाट चिहायो । आमा... !  हामी कसरी स्वास्थ्य रहने भन्ने विषयमा थप केहि लेख्दैछु । हाम्रो मुलुकमा  अन्न फलफुलतरकारीदुध मासु आदि धेरै बिषाक्त छन । हामीले लिने श्वासप्रस्वासबिषाक्त छ । त्यसै कारणले मधुमेहछालाका रोगमुटुरोग क्यान्सरटिबी. आदिले  नेपालीहरुको त अस्पताल नै घर र औषधी नै भान्साको खाना भएको छ । हामी वरिपरीको प्रकृति समेत बिमारी छ । हाम्रो विविध जातजातीको धर्म र सस्कृति बिमारी छ । भन्ने कुरामा विदेशीको खरो आरोप पनि सुनियो  देखियो ।


त्यसैले म फर्केर आएपछि पहाडको गाँउमा फेरी बसाई जाने बिचार पो जब्बर रुपमा बोकेर आउँनेछु । त्यसपछि हाम्रो शुन्दर पहाडको त्यो गाँउमा रहेको खेतबारीमा मेहनत गरेर खेती गर्नेछु । त्यहाँबाट यथेष्ठ तरकारी तथा अमृत फलाएर खाने खुवाउँने छु। सर्बअन्न बनाई समुदायलाई सर्बामृत खुवाउँने खाने मन छ। भुटेका मकै भटमास अनि सातु खाने बानी बसाल्छु। गहु ,जौचनामकैका जमरा उमारी दैनिक नियमित सेवन गर्ने । ज्ञानसीपको लागि उपभोक्ता पाठशाला ,आमा समूह पाठशाला सञ्चालनको वाताबरण बनाउँने ।


रासायनिक बिषादीको बेच विखन र कारोवार बन्द गर्ने गराउँने। खानाको मेनू जारीगर्ने । शरिरलाइ विभिन्न भिटामिनले युक्त पोषण अनिवार्य गर्ने गराउँने। धेरैपटक टिप्न मिल्ने जस्तैब्रोकाउलीभिण्डीसिमिरायो सागगाँजरचुकन्दर मुलाधनियापालकलटेबोझोपुदेनादतिवनतुलसीलज्जावतीभृङ्गीराजअजम्मरी  सजिवन ,अमृतबृक्षको करेसाबारी बनाउन प्रत्येक नेपाली घरलाई अनिबार्य गर्ने । सामुहिक तथा चक्लाबन्दी खेतीको विकास र विस्तार गर्ने । सम्पन्न र शुन्दर मेरो गाँउ शुन्दर मेरो घर कार्यक्रम चलाउने । घरको अनुशासन कसरी सञ्चालन गर्ने भन्ने विषयमा निम्नतम बाताबरण तोक्ने । गाँउघर सरसफाई अभियान तल उल्लेख गरे बमोजिम चलाउने ।घरेलु फोहर व्यबस्थापन भएको सुन्दर अनि सभ्य शहर बनाउँने । सड्ने र नसड्ने फोहरको व्यबस्थापनमा परिबारको अनिवार्य दायित्व हुने । माटोबाट लिएको सापटी माटोमै फिर्ता कार्यक्रम सञ्चालन गर्ने  मलबाट उर्जा निकाल्ने तथा भू- संरक्षण र माटो व्यबस्थापनमा नागरिक परिचालन गर्ने । बाताबरण सरसफाई र मानव स्वास्थ रक्षा गर्ने । यि र यस्ता मानव विकासका योजना लिएर आउनेछु आमा... ! 


शहर व्यबस्थापनका प्रमुख योजना र सर्तहरु यस प्रकार हुनेछन्,--


नर्सरी व्यबस्थापनबाट नमूना सहर निर्माण गर्ने।आमा पाठशाला, चेतना पाठशाला, बाताबरण पाठशालाबनाउने कार्यक्रम सन्चालन गर्ने । रासायनिक बिषाधी र प्लाष्टिक प्रयोग र जलाउन प्रतिबन्ध र अर्गानिक तथा जैविक विषादीको उत्पादन गर्ने । कपडा वा प्लाष्टिक बाहेकको पदार्थबाट झोला  वनाएर प्रयोग गर्ने वानीको विकास गर्ने  अर्गानिक गाँउ शहर  घोषणा गर्ने। प्रत्येक घर-घरको निम्नतम बाताबरण तयार गर्ने ।

 

अन्त्यमा आमा... !

 हामी नेपालीले स्वर्गको अनुपम टुक्रा जस्तै सबैखाले हावापानी र जैविक विविधता भएको अनुपम अनि समृद्ध देश पाएका छौ । तर हाम्रो अशिक्षा गरिबी र चेतना स्तरको कमीले गर्दा विदेशीको मुलुकमा दास श्रमिकको रुपमा मेशिन जस्तै सञ्चालित छौ । हाम्रा अगुवाहरुबाट धेरै तमासका गुलिया कुरा अति धेरै सुन्यौ । अहिले त लाग्छ हाम्रो पुस्ताको बर्षौको समय त्यसै घर्कयो । हामीलाई समुन्नत नदेख्न सतिले सरापेको देश भएर हो कि के हो त्यसैले म फर्किएर चाँडै आउँनेछु आमा... !


हवाईजहाज भुँईमा लेण्ड हुँदाको घर्षणको उफ्राईमा काँइलो झल्याँस ब्यूँझियो । कोरिया जान हिडेको काँईलो दलालको बेइमानीका कारणले बिराटनगर एयरपोर्टमा अबतरण भयो । काँईलोका सपना आज पनि अधुरै रह्रयो ।


हाल- फिदिम पाँचथर ।

[email protected]

लेखकको बारेमा
Image
शालिक भट्टराई "अन्तरे"

शालिक भट्टराई अन्तरे कृषि विद हुनुहुन्छ । हाल उहाँ पाँचथरको कृषि ज्ञान केन्द्रका प्रमुख हुनुुहुन्छ ।