१५ वैशाख २०८१, शनिवार

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की पुनर्वहाली

११ साउन २०८०, बिहिवार
Image

झापा, ११ साउन । सर्वोच्च अदालतको फैसलासँगै साउन १७ गतेसम्मका लागि हिक्मत कार्की नै मुख्यमन्त्रीमा पुनर्वहाली हुनुभएको छ ।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले उद्धव थापाको नियुक्ति प्रक्रिया जुन बिन्दूबाट शुरु भएको हो सो देखिकै सबै प्रक्रिया उत्प्रेषणको आदेशबाट बदर गरिदिएकाले सात दिनका लागि कार्की स्वत: मुख्यमन्त्रीमा पुनर्वहाली भएको बताउनुभयो ।

यसबारे सर्वोच्चले प्रष्ट नभने पनि सुरु प्रक्रियाबाटै जानू भनेकाले कार्की पुनर्वहाली हुनुभएको हो ।

अदालतको फैसलामा सभामुखको हस्ताक्षरसहित पेश भएको त्रुटीपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धब थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा असार २१ ग्ते गरिएको नियुक्ति र तत् सम्बन्धमा भए गरिएका काम कारवाहीहरु नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ भनेकाले उहाँको नियुक्ति नै बदर भएकाले कार्की स्वत: पुनर्वहाली   हुनुभएको हो ।