१६ वैशाख २०८१, आइतवार

भ्रष्टाचार रोक्न माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियान

३ असोज २०८०, बुधवार
Image

मेचीनगर, ३ असोज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पा (गर्ज्याङ) ले बिपन्न जनताको न्याय र सुशासनसहित देशमा भ्रष्टाचार रोक्न माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियान अस्त्र बन्ने दाबी गरेका छन् ।

गरीब निमुखा जनताको आर्थिक पीडालाई सधैं उजागर गर्दै देशको आमूल परिवर्तनका लागि माओवादी केन्द्रले जारी गरेको अभियान अस्त्र बन्ने उनले दाबी गरेका हुन् ।

बुधबार संविधान दिवसको अवसर तथा माओवादी केन्द्र मेचीनगर(१४ द्वारा आयोजित अभियानको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता शेर्पाले अभियानले समाजमा शोसक(सामन्तीलाई पाखा लगाउँदै सत्य र इमान्दारीको उजागर गराउने बताए ।

जनताको प्रत्यक्ष निगारानीमा माओवादी केन्द्रका नेता कर्याकर्ताले सामाजिक गतिविधि गर्न गराउन आदेश दिँदै उनले माओवादी कार्यकर्ता सच्चा र इमान्दार पार्टी रुपान्तरण हुने बिश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा माओवादी क्षेत्र नम्बर(१ संयोजक प्रकाश भण्डारीले माओवादी पार्टीले जनताको अधिकारकै लागि एकात्मक राज्य प्रणालीबाट संघीय राज्य प्रणालीमा राज्यको संरचना परिवर्तन गरेको बताए । उनले सिंहदबारमा केन्द्रीत हुने जनताको कार्यसम्पादनलाई सरल र सहज बनाउन राज्य पुनर्संरचनापछि स्थानीय तहबाटै जनताले अधिकार पाउँदैआएको उल्लेख गरे ।

कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य अस्मिता तामाङ्ग, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालगायतले जनताको सबै समस्याको सामाधानका लागि ३ महिने अभियान फालदायी हुने बताएका थिए ।

पार्टी प्रवेश

कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले, राप्रपा परित्याग गरी ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पाले दोसल्ला र अबिर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा सहिद नेत्र घिमिरेको परिवार नरेन्द्रप्रसाद(मेनुका घिमिरेलाई सम्मान गरिएको छ । सम्मानित घिमिरे नेकपा माओवादी पार्टी जिल्ला सदस्य समेत हुन् ।

कार्यक्रममा मेचीनगर(१४ का बिपन्न ३५ जना जेष्ठ नागरिक, १२ जना एकल महिला, १५ जना एकल पुरुष, १३ जना विद्यार्थी, ३ जना अपांग, ३ जना सुत्केरी महिलालाई साडी, भेस्ट, खादा र विद्यार्थीलााई कपि डटपेन प्रदान गर्दै प्रमुख अतिथि, बिशिस्ट अतिथि र अतिथिहरुले सम्मान गरेका थिए ।

 अभियानका मेचीनगर -१४ का संयोजक बाबुलाल सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेनुका घिमिरेले स्वागत मन्तव्य तथा शहिद सम्मान गीत प्रस्तुत गरिएको थियो । बाबुलाल सुब्बाले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको संचालन वडाका पार्टी अध्यक्ष हेमकुमारी शिवाकोटीले गरेकी थिइन् ।