२१ वैशाख २०८१, शुक्रवार

कोशीमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

८ असोज २०८०, सोमवार
Image

झापा, ८ असोज । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्नुभएको हो ।

प्रदेशमा बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री भन्नुभएको छ भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नुभएको हो ।

त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको छ । सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ । नवनियुक्त चार जना मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।