६ पुष २०८१, शनिवार

विचार

आशा र निराशामै रुमलिएको समाज

१४ मंसिर २०८०, बिहिवार
Image

आशा र निराशा एक सिक्काका दुई पाटा हुन् । जहाँ आशा हुन्छ त्यहाँ निराशा हुने सम्भावना रहन्छ । जुन सपना र आशा अधुरा र अपुरा रहन्छन् तिनैले निराशा उत्पादन गर्छन् । आशा विना निराशा उत्पादन हुन सक्दैनन् । आशा भित्रै निराशाका बिउ लुकेका हुन्छन् । जब मानिस आशा मार्छ त्यहि बेला निराशाका बिउले हुर्कने अवसर पाउछ । समय क्रममा यस विउले विषको रुप लिन्छ र समाजलाई निरन्तर निराशाका फल दिन थाल्छ । यसले समाजलाई निराश, असफल, परिवर्तन विरोधी र प्रतिगामी दिशा र गतिमा अगाडी बढाउँछ् । समाजलाई शिथिल बनाउँदै परिवर्तनलाई निस्तेज गर्ने, समस्याको कथन गर्ने तर समाधानको प्रयत्यविहिन अवस्थामा पुर्याउँछ । यसले सगैँ समाजमा अराजकता र अन्योलता पनि निम्त्याउन भूमिका खेलिरहेको हुन्छ ।  

आजको नेपाली समाजको अवस्था हेर्दा आशा र सम्भावनामा भन्दा निराशाको कुहिरीमण्डलमा रुपलिएको देखिन्छ । यसको अभिव्यक्ति मानिसहरु बिभिन्न माध्यमबाट सबैतिर गरिरहेका छन् । यस्ता अभिव्यक्तिमा यहाँको राजनीति र राजनीतिज्ञ, बजार र अर्थतन्त्रका गतिविधि, असमानता र बिभेदका निरन्तरता र पुनउत्पादन गरिरहेका समाजिक संरचना, विकासको धिमा गति, भष्टचारको जालो र बेरोजगारीको अवस्थाका कारण दिएको पाइन्छ ।

राजनीतिक व्यवस्था परिवर्तन पछिको समाजले चारित्रिक हिसावले नयाँ लोकतान्त्रिक मुल्य मान्यतासहितको चरित्रको खोज गर्न सकेको छैन् । पुरानै नातावाद, अवसरवाद, केन्द्रिकृत मानसिकता, व्यविचार, चोरीको पक्षपोषण, श्रम भन्दा दलाली र चलाखीको फल खोज्ने प्रबृत्तिले ग्रसित रहेको अवस्थामा समाजले जनताका आशालाई साकार गर्न सकेन । 

नेपाली जनताले २०६२÷६३ मा व्यवस्था परिवर्तनको आन्दोलनमा सफलता हासिल गरे सगैँ उनीहरुले लोकतन्त्र, स्वतन्त्रता, समानता, विकास, समृद्धिसगँै सामाजिक रुपान्तरण र परिवर्तनको आशा मस्तिस्कमा उदायो । त्यस्तै हरेक नेपालीको सपनामा यहाँको गरिवी, बेरोजगारी, विभेदको अन्त्य गर्दै खुल्ला समाजसहितको नयाँ नेपालको आशा थियो । विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सबै वर्ग,समुदाय, क्षेत्र र लिङ्गको राज्यका बिभिन्न निकायमा समानजनक प्रतिनिधित्व र सहभागिता पुग्ने आशा दुई दशक वितिसक्दा समेत पुरा नहुदाँ यो आशा विस्तारै निराशामा बदलिएर फैलिन थालेको छ  । नयाँ नेपाल निर्माण गर्ने आशा तुहिएर सगैँ समाज अन्यौल्तामा रुपलिएको छ । 

जसले व्यवस्था परिवर्तनका लागि उर्जा र समय दिए उनीहरुले यस परिवर्तनलाई अन्तिम लडाइ सोचे । उनीहरुले व्यवस्था परिवर्तन पछि सबै कुरा राम्रो हुन्छ भन्ने कल्पना गरे । परिवर्तनका लागि लडेका पुस्ता नयाँ नेपालको आशा लिएर बसे तर यो पुरा हुन सकेन । यो पुस्ताले कर्म सकेर फलको आशा गर्यो । उनीहरुले समाज विज्ञानको निरन्तर संघर्षको बाटोमा हिंड्न पर्छ भन्ने विषयमा ख्याल नगरी विश्राम लिएको पाइन्छ ।  

जनता अधिकार सम्पन्न भए तर कर्मकाण्डी र भड्किलो निवार्चनमार्फत सत्ता र शक्तिको पुरानै चारित्रिक खेलमा राजनीति फस्यो । कागज र भाषणका मिठा कुराले जनताको जीवनमा केही फरक परेन । चक्र्व्यूँहमा फँसेको समाजलाई राजनीतिले बाहिर निकाल्ने सामाथ्र्य राखेन । पुरानो समाजका खराबीलाई समाजले सहि बनाउने प्रयत्न भन्दा पुरानै ढर्रामा चल्न पुग्यो ।  यो यथास्थितिलाई देखेर परिवर्तनको प्रतिक्षा गरिरहेका जनतामा निराशा उत्पन्न हुन थाल्यो । 

हामीले समाजलाई राम्रो बनाउने काम गर्ने जिम्मा अरुलाई दियौँ र आफु केवल दर्शक बन्न रुचायौँ । परिवर्तन आफुबाट सुरु गर्ने हिम्मत हामीले जुटाउन सकेनौ । हाम्रो ध्याउन कसरी समाजलाई राम्रो बनाउने भन्दा पनि समाज कति विग्रयो भन्ने हिसाव किताव गर्न मात्र लाग्यौ । लोकतान्त्रिक व्यवस्थामा जनता केवल दर्शकको सिटमा बसेर खेलको मजा लिने अवस्थामा सीमित हुँदा हाम्रो राजनीति फोहोरी खेलमा परिणत हुँदै गएको छ । 

हरेकले परिर्वतनको सुरुवात अरुबाट मात्र खोजियो, आफूबाट सुरु गरिएन । नयाँ समाज खोज्ने र चाहने अधिकांशले पुरानै समाजको प्रबृत्तिको निरन्तरता नयाँ समयमा प्रयोग गर्यौं । सामुहिक हितको पक्षमा भन्दा पनि पहुँच र प्रतिष्पर्धाको माध्यमबाट डोर बहादुर विष्टको भाषामा नातावाद र कृपावादको चरित्र समाजमा पुनउत्पादन भयो । राजा नरहे पनि राजतन्त्रका प्रबृत्ति जीवित राखिए । हाम्रो समाजमा एकातिर सुधारको आशा जगाउने प्रयत्न गर्ने तर सँगै अर्कोतर्फ विपरित चरित्रको निरन्तरताले निराशा उत्पादन गर्यो । परिर्वतनको आशा गर्नेहरुले चिन्तन र व्यवहारमा भने परिवर्तनलाई अंगाल्न सकेनन् ।   

नेपालको संविधान २०७२ले मौलिक हकमा जातिय उत्पीडन भेदभावको अन्त्य गर्यो । तर, समाजमा जातका नाममा हुने वहिस्करणको असमान मुल्य मान्यताको पुनःउत्पादन र निरन्तरता गर्न आज युवा अवस्थामा रहेको शिक्षित भनिएको युवा अग्रभागमा उभियो । उमेरले युवा तर मानसिकताले पाको बनेकाहरु सगँ परिवर्तन गर्ने र नयाँ मुल्य मान्यताको निर्माण गर्न उर्जा र अठोट देखिएन । देखियो त केवल बहाना, पुरानो पुस्ता रिसाउँछ भन्ने भाष्य जुन परिवर्तनका लागि घातक भयो । यथास्थिति परिवर्तनसगै सधै रिसाउने गर्छ  । तर परिवर्तनमा लाग्नेहरुले यथास्थिति रिसाउँछ वा यथास्थितिको समाप्ती भए पछि समाज आफै परिवर्तन हुन्छ भन्नु आफैमा परिवर्तन हुन नचाहानु हो । यस्ता विषयले परिवर्तन खोजेका मस्तिस्क र देख्न चाहेका आँखामा निराशा उत्पादन स्वभाविक देखिन्छन् । यो निराशा कसैले दिएको वा थोपरिदिएको भन्दा पनि अनिवार्य उत्पादन हुने चक्रमा समाज फसेको देखिन्छ । 

आज कुनै विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाले एउटै सपना देखिरहेका पाइन्छ । त्यो हो कक्षा १२ को पढाइ सकेर बिदेश जाने । उनीहरुले यो सपना देख्नुु समाजमा सामान्य बनेको छ । यहि देशमा बसेर केही गर्छु भन्ने सपना देख्नेहरु समाजका लागि असामान्य बन्दै गएका छन् । उनीहरुले यहाँ किन बसिरहेको, कहिले जाने जस्तो समाजको पेचिलो प्रश्नको सामना गर्न पर्ने परिस्थिति निमार्ण हँुदै गएको छ । हाम्रो समाजले बाल मस्तिस्कमा विदेशिने सपना देखाउँदा बालबालिकाका निम्ती विदेशिनु जीवनको लक्ष्य बनिरहेको छ । 

बालबालिकाले यस्ता सपना देख्नुले यहाँका समस्या, समाज र माटोको सुगन्धसगँ उनीहरु जोडिन सक्दैनन् । उनीहरुलाई यसले नछुँदा यसलाई बदल्ने परिवर्तन गर्ने चिन्तन र हुटहुटुको पनि विकास हँुदैन । उनीहरुका लागि यो माटो, समाज र यहाँ भित्रका खराबी विरानो हुन्छन् । यसले यस्तो पुुस्ता जो यहाँ खराबी छ भनेर बारम्बार भन्ने तर खराबीलाई सुधार गर्नेे प्रयत्नबाट अलग रहने उत्पादन भयो । यसले पुरानै निराशाका नयाँ संस्करण बजारमा व्याप्त हुन पुगेका छन् । यसले समाजमा विस्तारै आशाका दियो मधुरो हँुदै निराशाको कुहिरो फैलिने अवसर पायो ।

त्यस्तै कल्पना गर्नुस कुनै जनसेवा दिने सरकारी कार्यलय जहाँ सेवाग्राहीको दैनिक भिड लाग्ने गर्छ । कुनै ए भन्ने मानिस सेवा लिन कार्यालय पुग्छ । त्यहाँ उसको पालो  दश जना पछाडि हुन्छ । अर्को कुनै विÚ भन्ने मानिस त्यसै कार्यालयमा सेवा लिन आयो । तर, उसले लाइन बसेर पालोमा काम गर्ने भन्दा कुनै एजेन्टमार्फत काम गर्यो । उसले पालो पर्खेर बसेको Ú भन्दा छिटो काम गर्छ । जसका कारण Ú ले एक नम्बर तल काम गर्न पाउने भयो । Úले कार्यालयको यो ढिला सुस्ती देखेर सरकारी कार्यालय खराब छन् भन्ने धारण बनाउँछ । त्यस्तै विÚ ले पनि खर्च गरेर छिटो गरे पनि उसको पनि त्यस कार्यालयप्रतिको धारणा नकरात्मक नै बन्छ । तर अचम्मको कुरा के छ भने  विÚ ले  धेरैलाई दलालको सम्पर्क बढाउन सहयोग गर्छ ।  उ जस्तै धेरै Ú खोज्न ऊ सहयोगी बन्छ । एजेन्टको विना खर्च विज्ञापन समाजमा चल्छ । धेरै Ú हरु अझ धेरै समय धाउन पर्छ, पर्खन पर्छ, बाहना सुन्न पर्छ । यी दुबै थरि यो देश खराब भयो भनेर निराश बन्छ र निराशा नै फैलिन्छ ।  

आज नेपाली समाजमा देखिएको यो निराशा समाजले कुनै समय गरेको आशा अधुरा रहनुको परिणाम हो । समाजमा देखिएका अन्यौल्ता, दिशाहिन, विचार र विवेक हिनता र अराजकता मैलाउनु हामीले विगतमा देखिएका सुन्दर आशाका पुरा नभएका अंशका परिणाम हुन् । यो देशमा विभिन्न समय परिवर्तनका पक्षमा उभिएर पुरातन यथास्थितिसँग लडेका भिडेका योद्धाहरुले देखेका सपना अपूरा रहनु हो ।

हाम्रो समाजमा पूर्वदेखि पश्चिमसम्म मेचीदेखि महाकालीसम्म तराईदेखि हिमालसम्मका गाउँबस्ती सहर र महलमा बस्ने, बालकदेखि बृद्धमा निराशाका बहस र चर्चाले ठुलो हिस्सा ओगट्न थालेको देखिन्छ । यो निराशा डढेल्लोको रुपमा फैलिरहेको छ र यहाँका अधिकांश व्यक्ति भित्र आगो निभाउने जागर भन्दा त्यसमा घ्यु थप्ने प्रबृत्ति देखिएको पाइन्छ । युवालाई परिवर्तनको सम्बाहक मानिन्छ । तर विडम्बना आज निराश देखिने समूहमा युवा वर्ग बहुसख्यक पाइन्छ ।

सामाजिक हिसाबले यो निराशालाई चिर्न योजना बनाएर सामाजिक चेतनामाथि ल्याउन काम नगरे देशमा अझै धेरै निराशाको बाटोमा हिंड्ने देखिन्छ । त्यस्तै हामीले देखेका आशा र सपना कति समय सान्दिर्भक र कति समयमा कति हासिल गर्न सकिने खालका थिए यसमा पनि बहस हुनुपर्ने देखिन्छ  । विश्वका समृद्ध देशसँगको तुलना गरेर आफ्नो समाज त्यो ठाउँमा नभएकोमा गुनासो गरेर मात्र समाज बदलिने देखिदैन् । घाँटी हेरि हाड निल्नु भने जस्तै हामीले सपना उडिछुने चन्द्र देखे पनि व्यवहारिक हिसावले अधिक्तम समाजको परिवर्तन गर्न सकिन्छ र बाँकी परिर्वतन कुन मार्गबाट सहजरुपमा गर्न सकिन्छ भनी फेरी आशा र सपना देख्न सक्नुपर्छ । 

निराश मानिसले उसको समय, उर्जा र चिन्तन समाजका लागि लगानी गर्न सक्दैन । उनीहरुले आशाको खोजीभन्दा निराशाको चक्रमा फँसेर समय बर्वाद गरिरहेको हुन्छ । उनीहरुको बहुमूल्य समय आशा पलाउने कुरा भन्दा निराशा फैलाउन प्रयोग गर्दा आशावान मानिसको समाजमा खडेरी लागेको देखिन्छ । समाजमा आज भएन हुँदैन भन्ने निराशाका कुरा गर्ने जमात धेरै देखिन्छन् । यो समाजको भाष्य बनेको छ । यो यति बलियो छ कि केही हुन्छ, भएको छ, गर्न सकिन्छ भन्नेहरुले बोल्न नसकिने अवस्था आएको छ । हामी पनि पुरानो मूल्य मान्यता अवसरवाद, मेहेनत विनाको फल, श्रम शोषण, नातावादको चरित्र नयाँ आवरणमा वर्तमानलाई संक्रमण गरिरहेका छौ जसले निराशा नै दिन्छ । 

आजको समयमा फराकिला भएका आर्थिक, सामाजिक र राजनीतिक दायरामा आम मानिसले जरा गाड्न पाएन । समान दौडको अवसर हरेक मानिसलाई दिने प्रतिबद्धता खोस्रा कागजमा सम्झौता बने । सम्झौताका ठेलीहरुले परिवर्तनलाई कमजोर बनाए । आफुु सुरक्षित भएर अरुलाई असुरक्षित बनाउन खाडल खन्ने व्यक्तिवादी प्रबृत्तिको लहर चल्यो तर उनीहरुले परिवर्तनको नारा भने छोडिएन । यसले समाजमा निराशा फैलियो । 

यो निराशाको कुहिरी मण्डलबाट निस्कन हामीले प्रयास गर्नुपर्छ । यस्ता प्रयास र संघर्ष गर्न सक्ने मूल्यमान्यता भएको, श्रमको सम्मानसँगंै मिहिनेत र परिश्रममा विश्वास गर्ने र परिवर्तनका लागि समय, उर्जा र आन्दोलन गर्न सक्ने मानसिक हिसावले पनि युवा जमात यो देशमा आवश्यक परेको छ । समाज गतिशिल हुन्छ यस गतिलाई तीब्र गराउने र विकारलाई पहिचान गर्दै अन्त्य गर्न डट्ने जनता र नेतृत्व समाजलाई आवश्यक देखिन्छ । यो भएन भनेर निराशाको कुरा गर्ने भन्दा यसो गरौ भनेर आशाको कुरा गर्ने मानिसहरुको देशलाई खाँचो छ ।

धमिलो पानीमा मार्छा मार्ने भन्दा पानीलाई सङ्गलो बनाउने जमात यो देशलाई खाँचो छ । निराशाले निराशा नै थप्छ तर निराशालाई चिर्न सक्ने लाकत राख्ने र परिवर्तनको पक्षमा अन्योलता र भ्रम भन्दा सत्यताको खोजी गर्ने समाजको निर्माण गर्न जरुरत छ । स्वार्थ र लोभ भन्दा पर बसेर समाजको हितमा आफ्नो हित खोज्ने मानिसहरुको यो देशलाई खाँचो भएको छ ।


लेखकको बारेमा
Image
विनय कार्की

विनय कार्की युवा अधिकारकर्मी हुनुहुन्छ ।