१६ वैशाख २०८१, आइतवार

नागरिक अगुवा भन्छन् ः लोकतन्त्रको विकल्प राजतन्त्र हुँदैन

८ फागुन २०८०, मङ्गलवार
Image

धुलाबारी, ८ फागुन  । मेचीनगर लेडी जेसीजले नागरिक अगुवा वक्ता रहेको बर्तमान राजनीति  र अबको बाटो विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

मेची उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा प्राडा कृष्ण हाछेथु, प्राडा लोकराज बराल र प्राध्यापक कृष्ण खनालले लोकतन्त्रको विकल्पमा राजतन्त्र नफर्कने बताएका हुन् । 

जेसीजकी अध्यक्ष पवित्रा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा उहाँहरुले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हुने बताउनुभयो । उहाँहरुले विगतमा हरेक पटक राजाले जनताको अधिकार खोसेको स्मरण गराउँदै अब राजतन्त्र फर्कने कुरा सम्भव नै नभएको बताउनुभयो । उहाँहरुले पार्टीगत संरचना गलत भए तापनि लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने जिकिर गर्नुभयो । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका अगुवा तथा शिक्षक, पत्रकारहरुको उपस्थिति रहेको थियो ।