२० वैशाख २०८१, बिहिवार

कोशी सरकारबाट बाहिरियो माओवादी

२६ चैत २०८०, सोमवार
Image

झापा, २६ चैत । माओवादी केन्द्रले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिएको छ । 

माओवादी संसदीय दलको आज बसेको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए ।

विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।

माओवादी संसदीय दलको बैठकले संसदको विशेष अधिवेशन पनि माग गरेको छ ।