१९ चैत २०८१, बुधवार

विश्वप्रकाश भन्नुहुन्छ–‘पूर्वराजा नै घटनाको दोषी’

१६ चैत २०८१, आइतवार
Image

झापा, १७ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताउनु भएको छ ।

आइतबार संसद् भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले तीनकुनेमा आन्दोलनकारीबाट भएको हिंसात्मक घटनामा पूर्णरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी रहेको बताउनुभयो । उहाँले सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने बताउनुभयो ।

उहाँले पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकारभन्दा बढी दिएर राखेको तर, पूर्वराजाले त्यसलाई सम्मान गर्न नसकेको टिप्पणी गर्नुभयो । पूर्वराजाको उक्साहटमा घटना भएको हुँदा त्यहीअनुसार छानबिन हुनुपर्नेमा कांग्रेसको जोड रहेको उहाँको भनाई थियो ।

प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा प्रतिपक्षीहरुद्वारा सदन अवरुद्ध गर्नु उचित नभएको उहाँको भनाइ थियो ।

भिडियो हेर्नुहोस्