१९ चैत २०८१, बुधवार

प्रेस सेन्टरको केन्द्रीय सचिवमा दिपीन राई र केन्द्रीय सदस्यमा राजु पाठक

१७ चैत २०८१, सोमवार
Image

झापा, १८ चैत । प्रेस सेन्टर नेपालको सचिवमा झापाका दिपीन राई सर्वसम्मत चयन हुनु भएको छ ।

सेन्टरको महाविधवेशनबाट उहाँ लगायत झापाबाट राजु पाठक केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । अध्यक्षमा कमल गिरी निर्वाचित हुनुभयो ।

सेन्टरको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी,  महासचिवमा मनोज घर्तीमगर,  उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।

उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।

यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल, खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा,  सचिव महिलामा अञ्जली थापा र सचिव समावेशीमा अवतार राई निर्वाचित हुनुभयो ।

यस्तै प्रदेशबाट निर्वाचित हुने सचिवमा प्रदेश एकबाट दीपेन्द्रकुमार राई (दिपीन राई), मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक, कर्णाली प्रदेशबाट गाणेशकञ्चन भारती, सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित हुनु भयो ।

भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एशोसिएट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित हुनुभयो ।

कोषाध्यक्षमा भएको निर्वाचनमा वसन्त गिरी निर्वाचित हुनु भयो ।

निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार २९ जनाको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदमा प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् । उनले १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित हुनुयभे ।

२९ पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदमा निर्वाचन भएको थियो भने १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

अवेशनमा जिल्ला आयोजक समिति, प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष, प्रतिनिधि र बाह्य मोर्चाका गरेर ८२१ जना प्रतिनिधि रहेकोमा ५५१ मत खसेको थियो ।