१९ चैत २०८१, बुधवार

एमाले–कांग्रेसलाई लिङ्देनको आरोप–‘तपाईहरु मान्छे नमारी आएको हो ?’

१७ चैत २०८१, सोमवार
Image

झापा, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेसले पनि मान्छे मारेर गणतन्त्र ल्याएको आरोप लगाउनु भएको छ ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै बोल्ने क्रममा लिङ्देनले राजाबादीहरुको आन्दोलनलाई नहोच्याउन आग्रह गर्नु भयो ।

‘अस्ति १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ?,’ उहाँको कथन थियो–‘तपाईं कांग्रेस एमाले भन्नेहरु भजन किर्तन गर्दै आएको हो ? तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ?’

उहाँले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने दावी गर्दै भन्नुभयो- ‘तपाईंले जबसम्म व्यवहार सुधार्नुहुन्न, गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै ।’