१ वैशाख २०८२, सोमवार

राप्रपा आमसभा

जनयुद्धमा भएको क्षति माओबादीबाट असुल्नु पर्छ : ज्ञानेन्द्र शाही

२५ चैत २०८१, मङ्गलवार
Image

झापा, २६ चैत । काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको व्यवस्थाविरुद्ध आमसभा सुरु भएको छ ।

अवस्था बदल्न व्यवस्था बदलौ भन्ने उद्घोषका साथ आयोजना भएको आमसभामा राप्रपाका नेताहरुले बोल्ने क्रम जारी छ ।

मन्तब्यको क्रममा राप्रपाका नेता ज्ञानेन्द्र शाही माओबादी अध्यक्ष पुष्पकमल दाहालप्रति खनिनु भएको छ । उहाँले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्नु पर्ने माग राख्नु भयो । 

प्रचण्डले जनयुद्धमा रु. १५ खर्बको भौतिक क्षति पुर्याएको उहाँको दाबी थियो ।

आमसभामा बोल्दै शाहीले मुलुकले व्यहोरेको भौतिक क्षतिको एकएक हिसाब माओवादीले चुकाउनु पर्ने बताउनुभयो ।

शाहीले देशका ११ सय ठूला साना उद्योग माओवादीले बन्द गराएको, एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारेको र ६ लाखभन्दा बढीलाई बेरोजगार बनाएर बेल्चा हाल्न विदेश जान बाध्य पारेको आरोप लगाउनुभयो ।

सभाका अर्का वक्ता राप्रपाका नेता एवम् सांसद दीपक सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने दावी गर्नु भएको छ ।

सभालाई सम्बोधन गर्दै उहाँले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गर्नुभयो ।