१ वैशाख २०८२, सोमवार

राप्रपा आमसभा

राजाका लागि हामी जेल भर्न तयार छौं : लिङ्देन

२५ चैत २०८१, मङ्गलवार
Image

झापा, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा र हिन्दू राज्य स्थापनाका लागि आफूहरु जेल भर्न तयार रहेको बताउनु भएको छ । 

काठमाडौंमा आज आयोजित राप्रपाको आमसभामा बोल्दै लिङ्देनले उक्त कुरा बताउनु भएको हो ।

उहाँले चैत १५ गतेको राजबादी प्रदर्शनका क्रममा पक्राउ गरेर थुनामा राखिएका नेताहरूलाई निःशर्त छोड्न आग्रह गर्नु भयो । “राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौं मानिसहरु थुनिन तयार छौ,” उहाँले भन्नुभयो –“केपी ओली र रमेश लेखकजी, हाम्रा नेताहरू पक्राउ गरिएकोलाई हामीले ईखको रूपमा लिएका छौं । चुनाव जितेको जनताको प्रतिनिधिलाई खोरमा अपमानित ढंगले राख्नुभएको छ, हाम्रो उपाध्यक्षलाई हत्कडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनु भएको छ । यसले हामी होचिएका छैनौं । ईखको रूपमा लिएका छौं ।”

उहाँले सत्ता सँधैभरि कांग्रेस र एमालेको हातमा नहुने चेतावनी दिदै जनता गणतन्त्रका गोठका गाईवस्तु नभएको बताउनुभयो ।