झापा, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष तहका तीन नेतालाई आज प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ गरेको छ ।
निषेधाज्ञा तोड्ने पूर्व उद्घोषसहित राप्रपाले आज काठमाडौंमा प्रदर्शनको आयोजना गरेको थियो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाही पनि पक्राउ पर्नु भएको छ ।
राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यको माग गर्दै राप्रपा आन्दोलित भएको हो । पार्टीका दुई नेता रविन्द्र मिश्र र धवल शमशेर राणा पहिल्यैदेखि प्रहरीको शिरासतमा हुनुहुन्छ ।
आजको प्रदर्शन ती नेताद्वयको रिहाइका लागि दवाव दिन आयोजना गरिएको थियो ।