७ पुष २०८१, आइतवार

विचार

विश्वास जितियो भने आक्रमण हुँदैन

९ पुष २०७९, शनिवार
Image


चिकित्सकीय पेशा आफैँमा ऊर्जा दिने पेशा हो । हाम्रो कामले प्रत्येक दिन सकारात्मक ऊर्जा दिन्छ । हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले कही असन्तुष्टि पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं बिरामीको हँसिलो अनुहार देख्न पाइन्छ । यसले गर्दा गर्दा काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो । 

मुलभूत रुपमा बिरामी र बिरामीको आफन्तहरुप्रति चिकित्सक कति संवेदनशील छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । बिरामीको आफन्तलाई संवदेनशील छन् भन्ने अनुभूत भयो भने बिरामीका आफन्तहरु आक्रमक हुँदैनन् । बिरामी र बिरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सकको हो । हृदयघात भएर पनि बिरामीको मृत्यु हुन्छ । सबै ठाउँमा सफलता मिल्दैन, यस्तोमा म आफैँ पनि फँसेको छु । 

अपरेसनपछि कतिपय अवस्था मृत्यु हुनसक्छ । तर, ती सबै घटना दुर्घटना भने हुँदैन । विज्ञानले पनि शतप्रतिशत दिन सक्दैन । बिरामीका परिवारले चिकित्सक इमान्दार भएर महसुस गरे भने आक्रमण हुँदैन । तर, जिम्मेवारी दुवैको हुन्छ । जनता पनि चेतनशील हुनुपर्छ । अनावश्यक भौतिक हो–हल्लाले जनतालाई नै हानी गर्छ । दुवैको जिम्मेवारी एउटै हो भनेर बुझ्यो भने मात्रै फाइदा हुन्छ । मुटुभित्र आफैँमा संवेदना हुँदैन, यो सत्य हो । संवेदना दिमागको डिप एरियामा हुन्छ । त्यहीबाट एक्प्रेस भएर मुटुलाई ड्राइभ हुने हो ।

प्रत्येकपटक मुटुलाई खोलेर हेर्दा वा अप्रेसन गरेर फेरि चालु गर्दा मलाई एक्साइटमेन्ट बनाउँछ । मुटु अरु माशंपेशीजस्तो होइन । यसको आफ्नै रिदम हुन्छ । मुटुको युनिक फिचर्स छ । त्यसैले प्रत्येक मुटुलाई ट्रिट गर्दा छुट्टै एक्साइटमेन्ट हुन्छ । अर्को चुनौती पनि छ । यस अर्थमा हेर्दा धेरै संवेदशील भएको महसुस हुन्छ । अस्पतालमा गम्भीर प्रकृतिका बिरामी आउँदा उनीहरुको र उनीहरुका आफन्तको इमोसन सम्बोधन गर्न सक्नुपर्छ । त्यसबेला उनीहरु आत्तिएका हुन्छन् । त्यसमा डाक्टरहरुले विचार पुर्याउनैपर्छ । बिरामीको रोग र उनीहरूको आफन्तको मानसिक उपचार गर्नुपर्ने हुन्छ । 

चिकित्सकको काम रोगको मात्रै उपचार गर्ने होइन । बिरामी समग्र वातावरण ठीक ठाउँमा राख्ने चिकित्सकको हातमा हुन्छ । त्यसैले बिरामी र आफन्तको इमोसनलाई सम्बोधन गर्न सकियो भने सब ठीक हुन्छ । 

२० वर्षअघि गंगालाल अस्पतालमा कार्यकारी निर्देशकको रुपमा भर्खर नियुक्ति भएको थिएँ । तत्कालीन स्वास्थ्यमन्त्रीले देशमा मुटुको रोग नै छैन, मुटुको अस्पताल किन चाहियो भनेका थिए । तर, विस्तारै बुझ्दै जान थाले । अहिले मुटुको समस्या भएका बिरामी धेरै छन् । अहिले मुटु अस्पताल साँच्चै आवश्यक रहेछ भन्ने साबित भयो । गाइड गर्दिने काम पनि विज्ञहरुकै हो । यसमा हामी सबै जिम्मेवार हुनुपर्छ । 

हृदय पुस्तक २५ हजार मूल्यमा बिक्री गरेर सात प्रदेशमा विशिष्टिकृत बालअस्पताल खोल्ने कुरा कति सम्भव भन्ने कुरामा म क्लियर नै छु । मसँग पैसा छैन, तर सामाजिक क्षेत्रमा काम गर्ने साथीहरु मिलेर यो काम गरौं भनेर लागेको हुँ । देशका लागि आवश्यक पनि छ यो । यद्यपि, स्वाथ्य क्षेत्रको समग्रमा काम गर्न बाँकी नै छ । यसको पहिलो महत्वपूर्ण काम यो हुन सक्छ । बालअस्पताल सरकारी योजनाभित्र परे पनि सबैले मिलेर गर्ने काम गरौं भन्ने लाग्छ ।

हामी सबैले मिलेर काम गर्न चाहन्छौं । अस्पतालको मोडल सरकारी र गैरसकारी क्षेत्रबाट हुने हो । यो मोडलबाट गयो भने दीर्घकालिन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाइएको हो । यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ । तर, यसको नेतृत्व गर्ने काम गैरसकारी क्षेत्रले गर्न खोजेको हो । त्यसैले, यसलाई सरकारसँग सहकार्य गर्ने रुपमा लिएको छु । देशको र राष्ट्रिय स्तरका संघसंस्थाको स्तर हेर्दा पनि नेतृत्वबाट धेरै कुराहरु गाइड हुन सक्छन् । चाहनाले मात्रै पुग्दैन । इमान्दारिताको साथ कुनै काम गर्छु भनेर दृढता भयो भने धेरै कुरा मिलेर आउने रहेछ । 

(डा. भगवान कोइरालाले पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिबलको सेसनमा दिएको अभिव्यक्तिको सारसंक्षेप)