विचार
विचार
२०७९ साल मंसिर ४ गते संघिय संसद प्रदेश सभाका लागि चुनाव हुने मिति तोकिएपछि पार्टीहरुमा उम्मेद्वार बन्नका लागि टिकट पाउने र दिने चर्चा चल्नु स्वाभाविक हुन्छ । यो चुनावमा मैले पनि संघीय संसदका लागि झापा क्षेत्र नम्वर एकबाट चुनावको टिकट प्राप्त गर्न प्रयास गरौं भन्ने लाग्यो । केही साथीहरुले मेरो नाम यसै चर्चामा ल्याएका थिए । ती मध्ये केहीले घरमा मलाई नै भेटेर यो पटक तपाईले चुनावमा उठ्नु पर्छ भनेर भनेका थिएँ । मैले नाई, उठ्दिन भनिन ।
चुनावमा उम्मेद्वार बन्न स्थानीय पार्टीका अगुवा साथीहरुको समर्थन लिनु पर्छ । ती अगुवाहरुले मलाई सधै प्रतिष्पर्धि ठानेर पन्छाउने गरेका थिए । पार्टीभित्र दुई लाइनका साथीहरु छन् । एक लाइनमा मलाई पनि उभ्याइएको छ । अर्को लाइनका साथीहरुले मलाई सधै प्रतिष्पर्धि ठानेर रोक्ने प्रयास गरेको पुरानो इतिहास नै छ । यो लाइनको नेतृत्व क्षेत्रमा रविन कोइरालाले गरेका थिए र छन् । आफू उभिएको भनेको लाइनको नेतृत्व बिष्णु प्रसाईले गरेका छन् । उनले पनि मलाई आफ्नो लाइनको भरोसा गर्न योग्य मानेका छैनन् । यो क्षेत्रमा २०४७ सालदेखि नै यो दुई लाईनको राजनीति नेकपा एमालेभित्र जारी थियो ।
रबिन कोइरालाले २०४९ सालमै झापा जिल्ला विकास समितिको सदस्य, २०५४ सालमा मेचीनगर नगरपालिकाको प्रमुख, झापा जिल्लामा पार्टीको अध्यक्ष, २०७० सालमा संविधानसभाको टिकट पाएर विजेता भएका हुन् । उनी हाल पार्टीको केन्द्रिय कमिटिको सदस्य र झापाको सहइञ्चार्ज हुन् । २०५४ सालमा पार्टी विभाजन हुँदा उनी मालेमा लागेकाले यो क्षेत्रमा पार्टीलाई निकै ठूलो क्षति भएको थियो । रविन कोइरालाले एमाले छाडेर मालेमा लागेपछि उनीसँगै यो क्षेत्रका धेरै अगुवा कार्यकर्ता मालेमा लागेकाले त्यसपछि मात्रै मैले झापा जिल्ला कमिटिमा प्रवेश पाएको थिएँ ।
बिष्णु प्रसाई र म सँगै जेल बसेका साथी, नाता पनि पर्ने । उनीलाई मैले नेता नमान्ने कुरै थिएन । मैले रबिन कोइरालालाई पनि नेता मानेको थिएँ । बिष्णु प्रसाई २०४८ सालतिर नै हुनुपर्छ नेपाल चिया विकास निगमको कार्यकारी प्रमुख (जीएम) भएका थिए । त्यसपछि २०४९ मा भएको जिल्ला विकास समितिको सदस्य पदमा उम्मेद्वारी दिए पनि रबिनजीहरुको समूहले पार्टीमा अन्तरघात गरेर बिद्रोही उम्मेद्वार आनन्द न्यौपानेलाई जिताएका कारण उनी पराजित भएका थिए । २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति भएका थिए । पार्टी विभाजन पछि भएको २०५६ सालको निर्वाचनमा वहाँलाई नै संसदको टिकट प्राप्त भयो । त्यो बेला मेरो नाममा टिकट आउने कुरा लगभग पक्का जस्तै थियो । तर अन्त्यमा त्यो टिकट जिल्ला विकास समितिमा निर्वाचित भएको दुई वर्ष पनि नपुगेका बिष्णु प्रसाईलाई नै प्राप्त भयो ।
पार्टी विभाजनका कारण यो चुनावमा हार लगभग निश्चित जस्तै थियो । २०७४ सालमा भएको स्थानीय चुनावमा बिष्णु प्रसाईलाई मेचीनगर नगर पालिकाको प्रमुखमा टिकट प्राप्त भयो । यो चुनाव पनि हार्नुभयो । त्यसपछि वहाँ पार्टीको सरकार हुँदा बागमति प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी पाउनुभयो । वहाँहरु दुवैजनाले पार्टीमा लागेर गुट चलाएवापत पटकपटक पुरस्कारस्वरुप पार्टीबाट अवसरहरु लिनु भएको देखिन्छ ।
म बिष्णु प्रसाईको गुटमा भाग लागेको भए पनि मैले गुटमा मलाई मन नपरेका गतिविधिलाई जस्ताको त्यस्तै समर्थन गरिन । अर्को गुटले मलाई सधै छेक्ने र खेद्ने काम गरेकै थियो । यही कारण म पार्टीमा कसैको बन्न सकिन । पार्टीमा मैले गुट बनाइन र गुटका कुरा मानिन । मेरो नजरमा पार्टी हित जे गर्दा हुन्छ भन्ने लाग्थ्यो त्यो काम गर्थे । मेरो कामले पार्टी हित त हुन्थ्यो तर गुटका मानिसलाई यो मन पर्दैन थियो । त्यसैले म दुवै गुटबाट सधै खेदिनेमा पर्थें । मलाई कसैले पनि पूर्णरुपमा विश्वास गर्दैन थिए । म आवद्ध भनिएका गुटका मानिसले पनि मलाई भरपर्दो होइन, चलाउन सकिदैन भन्ने ठान्थे । अर्को पटिकाले सहयोग गर्ने कुरै भएन । त्यसैले म पार्टीमा जिम्मेवारी नपाउनेमा पर्थे । जिम्मेवारी नै नपाउनेले अवसर पाउने त कुरै भएन ।
म २०६६ सालको भदौमा भएको नेकपा एमाले झापा जिल्ला अधिवेशनबाट जिल्ला कमिटिमा निर्वाचित हुन सकिन । हुन त मैले जिल्ला कमिटिमा निर्वाचित हुन मेहनत पनि गरिन । कारण म पार्टी भित्रका गुटका गतिविधिबाट दिक्क भएको थिएँ । यो अधिवेशन पछि मैले पार्टीमा जिम्वेवारी चाहियो भनेर माग्न गइन । पार्टीका साथीहरुलाई म बाहिरिएकोमा सायद कुनै गुनासो थिएन होला । किनकि म कसैको भरोसा योग्य बन्न सकेको थिइन । केही मासिसलाई त राम्रै भएको थियो । मेरो कारणले आफ्नो प्रगति नभएको, ठाउँ नपाएको ठान्नेले त खुसी मान्ने नै भए ।
पार्टी कामबाट जिम्वेवारी मुक्त भएपछि मेरो सम्पूर्ण समय नेपाल बहुउद्देश्यीय सहकारी संस्था र आफ्नो निजी व्यवसायमा लाग्ने नै भयो । यसमा पनि मेरो धेरै समय सहकारीका लागि नै हुने गथ्र्यो । सहकारीमा यसको नतिजा पनि देखिएको छ । यो समयमा म पार्टीको केन्द्रिय सहकारी बिभागमा रहन पुगें । पार्टीको भूगोलमा (जिल्ला, नगर, क्षेत्र, प्रदेश) मेरो जिम्मेवारी र भूमिका भएन ।
पार्टीको कुनै पनि तह (वडा, नगर, प्रदेशसभा, संघीय संसद)मा उम्मेद्वार बन्न भूगोलमा काम गरेको वा नगरेको भन्ने कुराले महत्वपूर्ण प्रभाव र अर्थ राख्ने गर्छ । यहाँ मैले संघीय संसदमा उम्मेदार बन्ने चाहना राख्दा सबैभन्दा पहिला स्थानीय पार्टीका अगुवा साथीहरुको समर्थन आवश्यक पथ्र्यो र त्यो लिन केही प्रयास गरें । मैले सकारात्मक सङ्केत पाइन । बरु मलाई प्रदेशमा उठ्न सल्लाह दिइयो । सङ्घमा रबिन कोइरालालाई उठाउने र सर्वसम्मत नाम पठाउन प्रयास गरेको बुभेंm । मैले प्रदेशमा खासै रुची देखाइन । प्रदेशसभामा उम्मेद्वार बन्न चाहने साथीहरुले मलाई प्रदेशमा रोक्न कोशिस गर्ने नै भए । सङ्घमा रबिन कोइरालाको नाम सर्वसम्मत नै पठाइयो । प्रदेशमा मसहित १८ जनाको नाम पठाइयो । यो समयमा म काठमाडौमै थिएँ ।
चुनावमा मेरो नाम पनि सिफारिस भएपछि धेरैले मेरै नाममा टिकट आउँछ भनेर अनुमान गरेका थिए । सङ्घीय सांसदमा नेपाली काङ्ग्रेसका विश्वप्रकाश शर्मासँग चुनाव लडेर जित्नु सजिलो कुरा थिएन । त्यसमा रबिन कोइरालाले टिकट नपाउने कुरा मैले बुझेको थिएँ । रबिन कोइरालाले टिकट पाउँदा प्रदेशमा मलाई नै उम्मेदार बनाउनेमा रबिनजीहरुको टिम थियो । कारण सन्तुलन र जित्न सहज हुन्छ भन्ने अनुमान वहाँहरुको थियो । सङ्घको टिकट कमरेड अग्नि खरेललाई दिने भएपछि अग्नि खरेलको रोजाईमा प्रदेशमा रबिन कोइरालालाई लिनु पर्छ भन्ने थियो र यो स्वाभाविक थियो । त्यो छनक बुझेको मैले मेरो टिकट हुँदैन र आउँदैन भन्नेमा म ढुक्क थिएँ । तर बजारमा मेरो नै टिकट आउँछ भन्नेहरु धेरै थिए । मैले टिकट पाउनु पर्छ, दिलाई दिनु भनेर कसैलाई भनिन । केही नेताले त खोई आरसीजीले त कुरै गर्नु भएको छैन भन्न पनि भ्याएछन् । केही नेताले वहाँलाई चलाउन सकिदैन भनेको पनि सुनें । यो सबै सत्य हो । यसमा मैले मन दुखाउने कुरै थिएन ।
सङ्घीय संसदको टिकट स्थायी कमिटी सदस्य झापा इञ्चार्ज कमरेड अग्नी प्रसाद खरेल र प्रदेशको टिकट पार्टी केन्द्रिय कमिटी सदस्य एवं झापाका सहइञ्चार्ज कमरेड रबिन कोइरालाका नाममा आयो । म २०६६ साल पछि भूगोलमा जिम्मेवारविहिन छु र जिम्मेवारी नभएपछि कर पनि नलाग्ने रहेछ । पार्टीका कार्यक्रममा बोलाइँदैन र थाहा पनि हँुदैन । त्यसैले चुनावमा समेत खासै सकृय थिइन । २०७४ सालको स्थानीय चुनावमा नगरको चुनाव परिचालन समितिको संयोजकमा बसेर काम गर्नु प¥यो भन्ने प्रस्ताव आयो स्वीकारेर काम गरें ।
यो चुनावमा मेरो समेत उम्मेद्वारमा नाम भएकाले चुनावमा म लाग्नै पर्ने जिम्मेवारी थियो । लागें । सकेको, जानेको, गर्न सक्ने जति गरेर चुनावको प्रचार र व्यवस्थापनको काममा लागें । पार्टीको अवस्था, जनताको अवस्था, पार्टी कार्यकर्ताको मनोभावना, पार्टी सङ्गठनको अवस्था आदिको बारेमा केही थप जानकारी लिने अवसर पनि प्राप्त भयो । चुनावमा सङ्घीय उम्मेदार अग्नी खरेलको निर्वाचन प्रतिनिधि भएर काम गरेकाले अन्तिम जिम्मेवारी निर्वाचन खर्चको हिसाव निर्वाचन आयोगमा बुझाउनेसम्मको काम सम्पन्न गरें ।
यो निर्वाचनमा कुनै पनि तहको टिकट प्राप्त नगरेर मेरो हकमा एकदमै राम्रो भयो । किनकि चुनावका लागि खर्च गर्ने पैसाको मसँग अभाव थियो तर अरुले मलाई धनी उम्मेदार देख्छन् । चुनावमा उम्मेद्वार भएको भए जित्ने सम्भावना हुन्थ्यो होला, तर जितेर पनि वर्तमान राजनीतिको जुन अवस्था छ र त्यसले जनप्रतिनिधिसँग जुन प्रकारको अपेक्षा गर्छ त्यो पुरा गर्न मलाई स्वभावजन्य कारणले धेरै गाह्रो पथ्र्यो भन्ने मेरो अनुमान छ ।
जनताको अपेक्षा पूरा गर्न सकिदैन भनेर जनताको प्रतिनिधि भएर कामै नगर्ने भन्ने होइन र हुँदैन । मेरो आसय के हो भने म नीति र विधिको शासन, संस्थागत विकास, सबैमा समान व्यवहार, आर्थिक पारदर्शिता र शुन्य भ्रष्टाचारको पक्षमा सधै आपूmलाई उभ्याउने गर्छु । यो मेरो विश्वास र आस्था हो । तर, धेरै मानिसको खासगरी कार्यकर्ताको समेत अपेक्षा जसरी पनि मेरो काम हुनुपर्छ, मैले भनेको हुनुपर्छ, म अरुभन्दा विशेष हुँ । त्यसैले मैले अरु सरह होइन विशेष सेवा र सुविधा पाउनु पर्छ भन्ने मनोविज्ञान हावी भएको पाएको छु । आपूmलाई आर्थिक फाइदा हुने काममा धेरै मानिस केन्द्रित हुने वर्तमान समाजमा सबैको चित्त बुझाएर र सबैलाई खुसी पारेर काम गर्न सकिदैन । तर हाल भएका कतिपय बिकृतिका बिरुद्ध पद्धतिको विकास गर्ने र शुसासन कायम गर्दै नमुना बन्ने अवसर पनि जनप्रतिनिधिलाई छ ।