५ माघ २०८२, आइतवार

एमालेले झापाका चार क्षेत्रमा टुंग्यायो उम्मेद्वार, झापा–१ बाट रामचन्द्र उप्रेती

५ माघ २०८२, आइतवार
Image

झापा, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले झापाको पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेद्वार टुंगो लगाएको छ ।

शनिवार सम्पन्न केन्द्रीय कमिटीको सचिवालय बैठकबाट उम्मेद्वार तय भइसकेका क्षेत्रहरुमा झापा–१ बाट रामचन्द्र उप्रेती, झापा–२ बाट देवराज घिमिरे, झापा–४ बाट मनोज ताम्ली र झापा–५ बाट केपी शर्मा ओली हुुनुहुन्छ । झापा–३ मा पार्टीको उम्मेद्वार तय हुन बाँकी छ । झापा–३ मा यसअघिको निर्वाचनमा राप्रपासँग एमालेले चुनावी तालमेल गरेको थियो ।