झापा, ४ माघ । नेकपा एमालेले लालबहादुर (एलपी) साँवालाई झापा–४ मा प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
आज पार्टीको सचिवालय बैठकले सो क्षेत्रका उम्मेद्वार बारेमा यसअघि गरेको निर्णय उल्ट्याएको हो । साँवा वि.सं. २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।
शनिबारको सचिवालय बैठकले मनोजी ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।