झापा, ८ मंसिर । नेपाल पत्रकार महासंघ जापानको उपाध्यक्ष पदमा झापाबाट पत्रकारिता यात्रा शुरु गर्नु भएकी मनिषा चम्लागाई निर्वाचित हुनु भएको छ ।
जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट उहाँ निर्वाचित हुनु भएको हो ।
झापामा रहँदा उहाँ नेपाल पत्रकार महासंघ झापा शाखाको कार्य समिति सदस्य हुनुहुन्थ्यो ।
आगामी तीन वर्षे कार्यकालका लागि रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित हुनु भएको छ भने खुला उपाध्यक्ष्मा चम्लागाई निर्वाचित हुनु भएको हो ।
जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी हुनु भएको छ । सचिवमा अर्जुन लामिछाने विजयी हुनुभयो ।
नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन हुनुभएको छ ।