खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त

झापा, ३० भदौ । केही दिन अघि अर्थमन्त्रीको पद त्यागेका डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

ओलीका प्रिय खतिवडा कुनै शक्तिशाली पदमा नियुक्त हुने अनुमान यसअघिदेखि नै गरिदै आएको थियो ।

खतिवडालाई प्रधानमन्त्री ओलीले मन्त्री पदबाट हटाउन चाहेका थिएनन् । तर नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय गरेपछि ओलीले खतिवडालाई पदमा जोगाउन सकेनन् ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई आर्थिक सल्लाहकार नियुक्त गरेको सरकाराक प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: