आइतबारदेखि अर्जुनधारा नगर महोत्सव

शनिश्चरे । पर्या पर्यटन क्षेत्रलाई प्रर्बधन गर्ने उद्देश्यले आइतबारदेखि बृहत अर्जुनधारा नगर महोत्सव हुने भएको छ ।

सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यहि फागुन ४ देखि १५ गतेसम्म अर्जुनधारा नगर महोत्सव हुने भएको हो ।

नगर महोत्सवको तयारी बारे अर्जुनधारा नगरपालिका कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
नगरपालिकाको ११ वटै वडामा ११ दिनसम्म विभिन्न विधाका कार्यक्रम हुने भएको छ ।

प्रत्यक वडाको महोत्सवमा गोवर जाँच, पशु बन्ध्याकरण, कृतिम गर्भाधान, प्राविधिक परामर्श, अभिमुखिकरण, बाली उपचार, विषादी वितरण, कृषि प्रविधि सम्बन्धी ब्रोसर वितरण, माटो परिक्षण लगायत नगरका योजनाका विषयमा जानकारी गराइने जनाइएको छ ।

एक नम्बर प्रदेशका ७ जना सांसद् अर्जुनधारा नगर महोत्सवमा प्रत्यक्ष अवलोकन गर्न आउने भएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिएकाछन् ।

अर्जुनधारा–७ नम्बर वडाबाट शुरु हुने महोत्सवको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्नेछन् ।

वडा नं. १ मा सांसद् अम्बिरबहादुर गुरुङ, वडा नं. २ मा राम राना मगर, वडा नं. ३ मा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, वडा नं.४ मा रामबहादुर राना, वडा नं. ५ को कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर आउने भएकी छन् ।

त्यस्तै वडा नं. ६ मा धर्मशिला चापागाई, वडा नं.११ मा पवित्रा निरौला खरेल, वडा नं १० मा झलकसिंह दर्लामी, वडा नं.९ मा विर्ख प्रधान र वडा नं. ८ मा सांसद् जगदिशचन्द्र कुशियत महोत्सवको अवलोकन गर्न आउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुुर्तेलले जानकारी दिए ।

महोत्सवको मुख्य उद्देश्य धार्मिक तथा आन्तरिक पर्यटन प्रर्बधन, अव्यवस्थित बजार र पाकिङ्गलाई व्यवस्थित गर्ने लगायतका विषय रहेको नगरप्रमुख रानाले बताए ।

११ वटा वडामा हुने महोत्सवका लागि नगरपालिकाले २२ लाख रुपैयाँ वजेट विनियोजन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: