भलिबलको उपाधि मुनाललाई

मेचीनगर । झापाको काँकरभिट्टामा सम्पन्न निर्मल राई स्मृति जिल्लास्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि मुनाल एकाडेमी भद्रपुरले जितेको छ ।

फाइनल खेलमा थेसिस इङ्लिस स्कूल मेचीनगरलाई सोझो सेटमा २५÷१९, २५÷२१ ले पराजित गर्दै मुनालले उपाधि जितेको हो ।

उपाधिसँगै मुनालले नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको थेसिसले नगद १० हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो ।

विजेतालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, विशेष अतिथि एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ अध्यक्ष जयबहादुर श्रेष्ठलगायतले नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मुनाल एकाडेमी भद्रपुरका अभि राजवंशी घोषित भए । उनले नगद २ हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र हात पारे ।

त्यस्तै, बेस्ट सर्भर थेसिसका कल्याण पौडेल, बेस्ट लिफ्टर मुनालका प्रवेश बस्नेत, डिफेन्डर कुनाल गजमेर, बेस्ट स्पाइकर शनिश्चरे माविका अनिश अधिकारी घोषित भए । उत्कृष्ट घोषित हुन सफल विद्यार्थीलाई ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान गरिएको खेल संयोजक राजकुमार विश्वकर्माले जानकारी दिए ।

यसअघि मेचीनगर पत्रकार टिम तथा झापाली शिक्षक टिमबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । जसमा शिक्षक टिम विजयी भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोर्तेल, विशेष अतिथि नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, युवा सङ्घ पूर्व केन्द्रीय सचिव राजु कार्की, एनप्याब्सन केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नं १ अध्यक्ष जयबहादुर श्रेष्ठ, एनप्याब्सन झापा अध्यक्ष खिवराज भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मेचीनगर नगर परिषद सदस्य सावित्रा ल्वागुन, राजकुमार श्रेष्ठ, सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टाका गङ्गा कोइराला, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हर्क फ्याक, अरुणोदय शिक्षक अभिभावक सङ्घ अध्यक्ष राजकुमार पराजुली, शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनाल, एनप्याब्सन प्रदेश कमिटी सचिव अग्नि कोइराला, एनप्याब्सन जिल्ला कमिटी झापाका सल्लाहकार संयोजक सञ्जीव राई, झापा जिल्ला सचिव ओमविक्रम नेम्बाङलगायतको आतिथ्यता रहेको थियो ।

फागुन ७ गतेबाट सुरु भएको प्रतियोगितामा झापा जिल्लाभरका संस्थागत तथा सामुदायिक गरी २३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

अरुणोदय आवासीय मावि काँकरभिट्टाले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिताको तेस्रो संस्करणमा जिल्ला भलिबल सङ्घ झापाको प्राविधिक सहयोग रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलले स्वागत गरेको समापन समारोहको अध्यक्षता विद्यालयका अध्यक्ष भगिरथ राई तथा सञ्चालन सहायक प्रधानाध्यापक जीआर धितालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: