झापामा स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोना

  प्रकाशित मिति
२ आश्विन २०७७, शुक्रबार १६:५१


मेचीनगर, २ असोज । झापामा आज स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार झापामा थपिनेमा एकजना स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका–१, ५ र ६ नम्बर वडाका १ महिला र ३ जना पुरुष तथा कनकाई नगरपालिका–२ का १ जना पुरुष छन् ।

शिवसताक्षीका ३२, ३४ र ३८ वर्ष उमेरका ३ जना हुन् । उनीहरुमध्ये २ जना दुवई र कुवेत तथा १ जना स्थानीय स्वास्थ्यकर्मी रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै कनकाईका ८० वर्षका कोरोना संक्रमित स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ७८० पुगेको छ भने निको भएर घर फर्किएका ६४२ जना छन् ।

हालसम्म २४ हजार ३३४ जनाको पीसीआर गरिएको छ भने १३५ जना सकृय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin