आँखा जाँच गराउन आएका दिप्सन र छिमेकीको दुर्घटनामा मृत्यु

  प्रकाशित मिति
३ मंसिर २०७७, बुधबार १५:२४


झापा, ३ मंसिर । बिर्तामोडमा आज दुई वटा मोटरसाइकल एकआपसमा ठोकिएर लड्दा त्यहिमाथि ट्रक र स्र्कापियु गाडीले आएर किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार बुधवार ११ बजेर २५ मिनेट जाँदा पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड–६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एकआपसमा जुधेर सडकमा लडेका बेला ट्रक र स्कारपियु गाडी आएर किचेको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

त्यतिबेलै सोहि दिशाबाट गइरहेको को १ च ९३१७ नम्बरको स्कारपियु गाडीले समेत आएर किचेको ट्राफिक प्रहरीको भनाइ छ ।

मे २ प ४८४७ नम्बरको मोटरसाइकलका चालक बुद्वशान्ति–३ का कुशल लिम्बु र सोहि मोटरसाइकलको पछाडि सवार सोहि ठाउँका ११ वर्षीय दिप्सन कडेलको घटनास्थलमै मृत्यु भएको छ भने सोहि मोटरसाइकलमा पछाडि सवार दिप्सनकी आमा सावित्रा घिमिरे कडेल सामान्य घाइते भएकी छन् ।

त्यसैगरी नम्बर नखुलेको ओनटेष्ट मोटरसाइकल चालक अर्जुनधारा–११ का २२ वर्षीय गगन तामाङ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक र स्कारपियुका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छिमेकी लिम्बुको मोटरसाइकल सहयोग मागेर सावित्रा कडेलले छोराको आँखा जाँच गराउन बिर्तामोड आएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज