१०४ जना विद्यार्थीलाई ट्रयाक सुट

  प्रकाशित मिति
३ माघ २०७७, शनिबार १४:४९


मेचीनगर, ३ माघ । मेचीनगर–११ स्थित भानु आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

कक्षा–१ देखि ३ सम्मका एकसय ४ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु चौधरीले बताए ।

उनका अनुसार मेचीनगर ११ नम्बर वडा कार्यालयको सहयोगमा जाडोका लागि आवश्यक ट्रयाक सुट वितरण गरिएको हो ।

उक्त अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चौधरी, प्रधानाध्यापक विष्णुमाया राउत, मेचीनगर–११ नम्बर वडा सदस्य यशोदा डाँगी लगायतले कपडा वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज