माईखोलामा पौडी खेल्दा डुबेर मृत्यु

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार १२:१०


झापा, २१ वैशाख । शिवसताक्षी नगरपालिका–८ स्थित डुडामारीका २८ बर्षीय जीवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी–१० स्थित माईखोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा उनी माईखोलाको बाधमा बगेर बेपत्ता भएका थिए ।

थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय झिलझिले र अस्थाइ प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अवस्थामा फेला परेको झिलझिलले प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज