कैँदले वन पर्यटनमैत्री बन्दै

कमल बुढाथोकी

खुदुनाबारी । मेची अञ्चलकै प्रमुख व्यापारिक थलो बिर्तामोडदेखि पश्चिम उत्तर, पूर्वकै पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वर धामदेखि पश्चिम, साविक खुदुनाबारी बजारदेखि दक्षिण हाल अर्जुुनधारा वडा नं. ३ अन्तर्गत रहेको जुकेखाडी सामुदायिक वन झापाकै राम्रो सुुन्दर र हरियाली वन मध्येको एक भनेर चिनिन्छ । यो वन क्षेत्रको संरक्षण तथा सदुपयोग जुकेखाडी सामुदायिक वन उपभोक्ता समुहले २०५२ सालदेखि गर्दैै आएको हो ।

दक्षिणी इलामको माई नगरपालिका र साविक खुदुनाबारी–६ का उपभोक्ताहरुको साझा सङ्स्था सुखानी सामुदायिक वनसँग सीमा जोडिएको साथै पूर्ववर्ती मेची राजमार्गको प्रमुखद्वार यसै क्षेत्रमा पर्दछ । नेपालको बाम÷प्रजातान्त्रिक आन्दोलनका अगुुवाहरुले सहादत प्राप्त गरेको ऐतिहासिक स्थल सुखानी समेत रहेको यस वन क्षेत्रमा पर्दछ । थाकल, बेहुली आँप, चिउरी लगायत कैयाँै वनजन्य फलपूmलहरु मलायागिरी जस्ता वास्नादार अनेकौँ वनस्पतिहरु रहेको यस वन क्षेत्रभित्र रमिते चुली, हात्तीआहाल जस्ता अनेकौँ रमिता हेरेर आनन्द लिन लायक ठाउँहरु छन् ।

 

अझैै विभिन्न प्रजातिका चराचुरुङ्गीहरू विचरण गर्ने टाङ्टिङ खोला पश्चिम रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण सीमसार क्षेत्र छ, जहाँ बाह्रैमास अनवरत रुपमा बगिरहने ठूलो पानीको स्रोत रहेको देख्न पाइन्छ । यसका अतिरिक्त पश्चिमतर्र्फ मानववस्तीबीच रहेको कैँदलेवन, परापूर्व कालदेखि विशिष्ट प्राकृतिक विविधताको अनुपम उदाहरणका रुपमा रहेको पाइन्छ । करिब ७० हेक्टर क्षेत्रफलमा पैmलिएको यो वनक्षेत्र जुकेखाडी सामुदायिक वन उपभोक्ता समितिको खण्ड–५ अन्तर्गत पर्दछ ।

चारैतिर मानववस्तीले घेरिएको विभिन्न प्रजातिका रुख बिरुवा, चराचुरुङ्गीहरु पाइने यस वन क्षेत्रमा कैँदले प्रजातिका (लोपोन्मुख) वनस्पतिको नामबाट यो वन तथा वनभन्दा पूर्वपट्टिको गाउँको नाम कैँदले रहेको जानकारहरुको भनाइ रहेको छ । उक्त वनक्षेत्रमा २०४९ सालदेखि २०६९ सालसम्म भुटानी शरणार्थी समुदाय रहेकाले यसको महत्व अझै बढेर गएको मानिन्छ । शरणार्थी समुदायले आर्जन गरेको ज्ञान र सीप अपनाएका नीति र सङ्स्कृति साथै स्थानीय बासिन्दाहरुसँग गाँसेको पिरती हाम्रा निम्ति अमूल्य अभौतिक सम्पदा हुन् । उनीहरुका लागि युएनएचसिआर लगायत विभिन्न दातृ निकायले निर्माण गरेका भौतिक संरचनाहरुमध्ये शनिश्चरे, खुदुनाबारी ग्राभेल सडक, टाङ्टिङ विरिङमा निर्मित कवजे, प्रभावित क्षेत्रमा स्कुल भवन, चर्पी, खानेपानी लगायतका संरचनाहरुको पृथक र प्रभावकारी महत्व रहेको छ । खुदुनाबारीको बजार, व्यापार तथा व्यवसायको विकासमा शरणार्थी समुदायको भूमिकालाई कम महत्व दिन मिल्दैन । उनीहरुको स्थानान्तरण एवम् अन्य मुलुकतिर बहिर्गमन पछि खाली भएको यो वनक्षेत्र विकासका साथसाथै वातावरण तथा पर्यावरणीय सन्तुलन कायम गर्नु सरोकारवाला निकाय, समुदाय र सङ्स्थाको निम्ति चुनौतिको विषय हुँदाहुँदै पर्यावरण मैत्री पर्यटन विकास गर्नु अपरिहार्य आवश्यक छ । यसै उद्देश्यका साथ २०६९ सालमा जुकेखाडी सामुदायिक वन उपभोक्ता समुहले कैँदले एकीकृत पर्यटन प्रवद्र्धन तथा विकास समिति गठन गरेको थियो । वनक्षेत्र वरिपरि ट्र्याक खन्ने कामसँगै तारबार गर्ने काम सम्पन्न भएको थियो । उक्त समितिबाट तयार पारिएको कार्ययोजना प्रस्तावको जगमा टेकेर पहिलोपल्ट वनको पूर्वी भागमा पोखरी निर्माण गर्ने काम भएको थियो ।

शरणार्थी समुदायले निर्माण गरेको फाल्गुनन्द मिङ्सो माङ्हिम, ड्रकछोलिङ गुम्बा, भू–तपस्यास्थल स्थानीय किरात, बौद्ध धर्मावलम्बीले संरक्षण सम्बद्र्धन गर्दै आएका छन् । शिवपाञ्चायन मन्दिर प्रस्तावित प्राकृतिक खेलमैदान, सशस्त्र प्रहरी वेसक्याम्प कैँदले वनका महत्वपूर्ण सम्पदाहरु हुन् ।

एक दर्जन जति आयामहरु समेटेर कैँदले वनक्षेत्रलाई पर्यटनको नमूना गन्तव्य बनाउन सकिनेमा दुईमत छैन । जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको पर्यापर्यटन कार्ययोजना (२०७५) कार्यान्वयन गर्न, सबैको एकमना एकताको खाँचो रहेको आँैल्याउँदै माननीय संविधान सभा सदस्य प्रेमबहादुर गिरी भन्छन्–‘सबै तहको सरकार र सरोकारवाला निकायहरुसँग घनिभूत छलफल भइरहेको छ । २५ वर्षे गुरुयोजना स्वीकृत गराउने र अनुदान एवम् सहयोग जुटाउने बारेमा प्रयास भइरहेको छ । हालसम्म नेपाल सरकार, राष्ट्रपति चुरे कार्यक्रम सांसदकोष साथै प्रदेश सरकार र अर्जुनधारा नगरपालिका मुख्य अनुदानकर्ता बनेका छन् । नागरिक समाज र निजी क्षेत्रले पनि सहयोग गर्न चासो देखाएका छन् । फलस्वरुप शरणार्थी स्मृति उद्यान निर्माण कार्य सुरु भएको छ र सुरु लगानी जुकेखाडी सामुदायिक वनले गरेको छ ।’

यसैगरी आम उपभोक्ताहरुको चाहाना अनुसार जुकेखाडी समुदायिक वन उपभोक्ता समुहले प्राकृतिक वन क्षेत्रको संंरक्षण सम्बद्र्धन तथा सदुपयोग सम्बन्धी वैज्ञानिक वन व्यवस्थापनको ढाँचामा अघि बढ्ने अठोटका साथ पर्यटनको प्रचुर सम्भावना रहेको कैँदले वनक्षेत्रमा सांसदकोषबाट शरणार्थी स्मृति उद्यान निर्माण राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट अनुदान सहयोग २५ लाख रकमबाट जैविक विविधताको संरक्षण र सीमसार क्षेत्रको संरक्षण गर्नको लागि पोखरी विस्तार कार्य सम्पन्न भएको छ । आयुर्वेद शाखाबाट प्राप्त अनुदान २० लाखबाट कैँदले वनको उत्तर खण्डमा जडीबुटी उत्पादन, भण्डारण, प्रशोधन, अध्ययन तथा अनुसन्धान पूर्वाधार कार्यक्रम भइरहेको र जडीबुटीजन्य पचौली खेतीको सुरुवात गरिएको छ ।

शरणार्थी स्मृति उद्यानभित्र पुष्प वनबाटिका, पर्यटन कार्यालय भवन, फर्निचर व्यवस्थापन, सभाहल, तटबन्ध लगायतका थुप्रै कामहरु भइरहेका छन् । खास गरी शरणार्थी समुदायप्रति ससम्मान निर्माण कार्य सुरु गरिएको शरणार्थी स्मृति उद्यानका बहुआयामिक उद्देश्य तथा विशेषताले तेस्रो मुलुकमा रहेका स्वदेश जान तयार रहेका शरणार्थीहरु आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन महत्वपूर्ण टेवा पुुग्ने विश्वास लिएको र बहुुुुुुआयामिक पर्यटन, प्रवद्र्धन विकासका निम्ति २५ वर्षे गुरुयोजना प्रस्तावसमेत पेश गरी सकिएको समुहका अध्यक्ष दिव्यप्रसाद कट्टेल बताउछन् । यो पंक्तिकार स्वयम उक्त समुहको उपभोक्ता भएको नाताले हाल भइरहेको कामको तीब्रता, गुणस्तरीयता र पारदर्शिताबारे सरसर्ती हेर्दा जुकेखाडी सामुदायिक वनले कैँदलेलाई चाँडै नै बहुआयामिक पर्यटन गन्तव्य बनाउन कुनै कसर बाँकी नराख्ने विश्वस्त आधार देखिन्छ ।

मनमोहक प्राकृतिक छटा, सुशान्त फाल्गुनन्द वनवाटिका सँगसँगै सर्वेश्वर शिव पाञ्चायन मन्दिर, फाल्गुनन्द माङ्हिम गुम्बा तथा धार्मिक सहिष्णुताको ज्वलन्त नमुना हुन् । पूर्व चुरे पहाड छिचोलेर बग्ने टाङ्टिङ खोला पूर्वतर्फ हरितपेटीले छपक्कै छोपेको भाङ्बारी ग्रामीण बस्ती पश्चिमतर्फ संरक्षण तथा विकासको पर्खाइमा टोलाइरहेको प्राकृतिक सिमसार तथा चराचुरुङ्गी विचरण गर्ने लम्पट, उत्तरतर्फ इलामका लोभलाग्दा दृश्य कुम झरेकोझैँ प्रतित कञ्चनजङ्गा हिमालका मनमोहक परिदृश्य अहो ! विछट्टै लोभलाग्दो वान्कीमा सजिएको कैँदले वन आगन्तुक पर्यटकहरुको मन बहलाउन आतुर देखिन्छ । अझ यसको श्रृङ्गार पेटार गर्न जुकेखाडी सामुदायिक वन बलबुताले भ्याएसम्म लागेको छ । कैँदले वन अब चाँडैनै पूर्वकै पर्यावरणमैत्री पर्यटन गन्तव्यका रुपमा अभिमुख हुँदैछ भन्दा अत्युक्ति हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: