अलविदा योगेश दाई

भाष्कर घिमिरे
सबैका प्यारा योगेश दाई । म सानो छँदाको अनुभव । जब घरबाट निस्कन थालेँ । सुन्न र जान्न थालेँ । आमा, मामा, काका, भाउजु, दाजु, आफुभन्दा केही जेठा साथीहरु ! सबैका आँखाका नानी । खेताला बोलाउ, योगेश दाई ! तल्ला घरकी भाउजु अस्पताल लैजानु प¥यो, पहिलो नाम योगेश दाई । बाली उठाउनु छ, दाँइ गर्नुछ, योगेश दाई भ्याउँछ, भ्याउँदैन ? जानेर मात्रै मिति तय । दशैँ आयो, तिहार आयो, पिङको डोरी बाट्नुछ, योगेश दाई ।

बिहे आयो, ब्रतबन्ध आयो, पुराण लगाउनु प¥यो । गाउँघर सबैका लागि सालको पात टिप्न जङ्गल जानु पर्ने योगेश दाई चाहिने । सत्य नारायणको पूजा, स्वस्थानीको साङ्गे, विवाहको रात साँस्कृतिक माहोल तयार गरेर छर्लङ्ग पारी दिने योगेश दाई । झापा साविक बाहुनडाँगी१ आमडाँगी स्थायी बसोबास गर्ने यी दाई । भूमिहीन कृषि मजदुर परिवारका हुन् । एक श्रीमती, दुई छोराहरु, एक छोरी, बुवा, दुईजना आमाहरु, ४ बहिनीहरु, ६ जना भाईहरुका अभिभावक । मैले जान्दा (२०३५ साल असार) सम्म सक्रिय र जिम्मेवार अभिभावक, गाउँभरकै स्वयम्सेवक । जति ज्याला दिए हुने, खाना, खाजा मात्र दिए पनि हुने । आज पुगेन ल ! भन्दा पनि हुने । धेरै साना र धेरै ठूला उमेरले नछेक्ने ! सबका सब साथी पनि, भरोसा पनि ! योगेश दाई ।

२०३२ सालपछि योगेश दाई, मेरो पनि साथी ! खेतमा काम गर्न जानु परे सँगै । मेलापात, घाँस दाउरा ! बजार ! अब नछुट्टिने साथी पनि !गाउँमा एक झेली परिवार थियो । जसलाई दुःख दिने । उसले भने जस्तो नभए अनावश्यक दुःख दिने । ती झेली आफूलाई वालिष्टर भन्थे । तिनले छिमेकी चम्लागाईंका काम गर्न सक्ने सबै सदस्यलाई मुद्दा लगाए । झेल गरे, यतिसम्म की कुटपिट गरे । गाउँ सबै त्यो व्यक्ति र परिवारसित डराउँथ्यो । हामीलाई पनि झोँक चल्थ्यो । तर, बबुरा थियौँ । गर्न केही नसक्ने !
२०३५ साल असार २० गतेतिरको कुरा हो । हामी कसैको खेतमा जोत्दै थियौँ । त्यो जाली वालिष्टर छलफलको विषय बन्यो । के गरी तह लगाउनु ! न छुरी चलाउन आउँछ । न कुस्ती खेल्न आउँछ ! न बन्दुक, नत चाकु ! न त कराँते नै खेल्न ! तिनताक जुडो खेल चर्चामा आउने गथ्र्यो । त्यो केही पनि त जानिन्न । तर यसलाई त तह लाउनै पर्छ । हाम्रो छलफलको केन्द्र थियो । त्यसो भए के गर्नु त ? गम्भीरतापूर्वक विमर्श गरियो । यो विमर्श गर्नेमा म भन्दा १ वर्ष कान्छो डिल्लु पनि थियो । तीन जनाले निष्कर्ष निकालिउँ ! अब लखनऊ गएर लडाइँ झगडाको सीप सिक्ने ! सायद ! लखनउमा चोर, डाका, लुटेरा हुन्छन् र तिनका सङ्गतमा काटमारको सीप हासिल गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ थियो ।

लखनउ त जाने ! तर कसरी ? हामी कसैसित पैसा थिएन । म भर्खर एसएलसी दिएर घरेलु काममा अभ्यासरत थिएँ । डिल्लु कक्षा १० मा पढ्ने । योगेश दाई ! उनले कमाएको सीमित रकमले ठुलो परिवार धान्न नै धौधौ थियो । त्यसो भए कसरी लखनउ जाने ? कसरी काटमारको सीप सिक्ने ? कसरी गाउँलाई यस जालीझेलीबाट मुक्त गर्ने ? यो काम त गर्नु पर्छ । फेरि पनि हाम्रो निष्कर्ष त्यस गाउँलाई जालझेलको मुद्दा मामिलाबाट सदाका लागि मुक्त गर्नु नै थियो । केही दिनको छलफपछि हामीले फैसला ग¥यौँ । ल अब आउने चैत्रमा पाटा गोडेको ज्यालाको उपयोग आप्mना लागि गर्ने । डिल्लुको पनि स्कुल जानु पर्दैन । हामी दुईजना पनि काममा नै हुन्छौँ । त्यो ज्यालाले लखनऊ पुगे भइगयो । धेरै पैसा भो भने त हामीले काम सिक्न नै खोज्दैनौँ । त्यसैले पुगे भयो । त्यस पछि भोको पेट हुन्छ, खानलाई चोर्न थाल्ने, यत्तिकैमा ती लखनऊका गुण्डाहरुको सङ्गतमा पुग्ने, तिनलाई सघाउँदै काटमारको सीप हासिल गर्ने । यही निष्कर्षमा आप्mनो काम अघि बढाउन थाल्यौँ । तर, यो कुरा कसैसित पनि नभन्ने । यो पनि हाम्रो सल्लाह थियो ।

२०३५ साल असार २४ मा एसएलसीको रिजल्ट आयो । गाउँका एकमात्र बाकस जत्रो रेडियोले समाचार भन्यो । ३ दिनपछि १० किमी जति टाढाको धुलाबारी बजारमा गोर्खापत्र आइपुग्यो रे ! भन्ने हल्ला गाउँमा पुग्यो । बर्खा भनिएन । खेतबाट हतारहतार हातगोडा पखाल्दै हिँडेर बजार पुगियो । हल्लामात्रै रहेछ । फेरि भोलि आउँछ होला भनेपछि भोलि पनि गइयो । नभन्दै आप्mनो नम्बर पनि आँटेछ यसपाली । खुशीले बुरुकबुरुक उफ्रदै घर पुगो । बाले संस्कृत पढ्नु भनेर धरान पठाउनु भयो । आमडाँगीको श्रमपूर्ण जीवनको यही मितिबाट पटाक्षेप भयो । त्यस पछि पढाई सक्न २०३७ को चैत्र लाग्यो । २०३७ बाट लगातार शिक्षण पेशा । थाहै नपाई, योगेश दाईसितको सँगसँगै काम गर्ने, उहाँभित्रको सद्गुणहरु आफुभित्र आत्मसात गर्ने, सबै अवसर गुम्दै गयो । तर, गाउँको जालीझेली समाप्त पार्ने योगेश दाईको इच्छाशक्ति गुमेन । यसका लागि गाउँमा एक युग पुरुषको आगमन भयो । जसका बोली, व्यवहार, शिक्षा र दीक्षाले योगेश दाई क्रान्तिकारी बन्न प्रेरित भइरहनु भयो । २०३४ सालबाट आमडाँगीको वन क्षेत्रबाट रुख काट्न टिसीएन पसेको थियो । हाँगाबिँगाको तह लगाउने जर्ना (इन्धन संस्थान) थियो । यी दुवै संस्थानका कर्मचारी आमडाँगकिा लागि स्मरणीय छन् । केही कर्मचारीले राम्ररी जाँड पसलेलाई उँभो लगाए । केही कर्मचारीहरुलाई ज्वाइँको दर्जा दिन पाइयो । एक रहेछन्, चिरञ्जीवि दाहाल, जो न जाँड खान्थे, न चेलीबेटीमाथि आँखा लगाउँथे । उनी त गरीब र निमुखाका घरमा बास बस्थे र तिनलाई अन्याय के हो ? श्रम के हो ? शोषण के हो ? ठग्छ कसले ? ठगिन्छ को ? यही कुरा सिकाउन रातभर लाग्थे । दिउँसो त जर्नाको अभिलेख राख्नु नै थियो । यही क्रममा चिरञ्जीवि दाईको सङ्गतमा पुगे योगेश दाई । आफुसँगै परिवारको सदस्य बनाई राखे । कति सक्दथे सिके । के बुझ्दथे बुझे । शोषण गर्ने, जालझेल गर्ने जालीझेलीहरु देशभरि छन् र यिनको सर्वनाश गर्न देशभर तयारी चलिरहेको छ भन्ने जाने । नभन्दै जाली समाप्त पार्ने तरिकामा एउटा इँटा बने । यस आन्दोलनमा बाँचुञ्जेल लागे । उनी कम्युनिस्ट क्रान्तिकारी बने ।

आधारभूत वर्गका क्रान्तिकारी । २०४० तिर आमडाँगीमा बढ्दै गरेको यो परिवारलाई संयुक्त रुपमा रहन सम्भव भएन । केही परिवार सदस्य यहीँ बसेर खाना, नाना र छानाको खोजीमा तत्कालीन धुलाबारी९ र हाल मेचीनगर१० मा बसाइँ सरे, योगेश दाई । सबै खाले श्रममा आधारित सीपको प्रयोग गरेर आफ्नो परिवार पालन पोषण गर्दागर्दै २०७६ साल असार ३१ मा हृदयाघातबाट ती कहिल्यै अनुहारमा चिन्ता र आक्रोस नदेखाउने क्रान्तिकारी योगेश दाई रहनु भएन । २०१० मा जन्मिनु भएका उहाँ २०७६ असार ३० गते मृत्युवरण गर्दासम्म उहाँको यो न्याय र समानताको लागि लडिरहने इच्छा जीवित थियो । स्वास्थ्योपचारमा काठमाडौँ जानु परेर अन्तिम दर्शन मात्रै गरी श्रद्धाञ्जली दिन पनि जान नसकेको म । यसै लेखमार्फत भन्दैछुअलविदा योगेश दाई ! भावपूर्ण श्रद्धाञ्जली !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: