लकडाउन छलेर लुसुलुसु छिरेका भारतीयलाई गाउँलेले पक्रे - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

लकडाउन छलेर लुसुलुसु छिरेका भारतीयलाई गाउँलेले पक्रे

भद्रपुर, २४ चैत । सरकारले लकडाउनको अवधि थपेर कोरोना संक्रमण फैलिन नदिन कडा नियम लगाइरहेका बेला नेपाल र भारतको लकडाउन छलेर एक भारतीय नागरिक दक्षिण झापाको सीमाबाट नेपाल छिरेका छन् ।

सोमवार झमक्क साँझ परेका बेला खुला सीमा क्षेत्रको मकैबारीबाट लुसुलुसु नेपाल छिरेका ६० वर्षीय ती भारतीय नागरिकलाई १३ किलोमिटर नेपालभित्र आइपुगेपछि झापा गाउँपालिका वडा नं. ७ कामाटोलीका बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

स्थानीय रानी सामुदायिक बनका अध्यक्ष नरेन्द्र सुब्बाले निज भारतीय नागरिक नेपाल र भारत दुबै देशको लकडाउन छलेर नेपालतिर छिरेको घटनाले स्थानीयबासीमा असुरक्षाको भाव बढेको बताए ।

अपरिचत व्यक्ति गाउँमा छिरेको होहल्ला हुनासाथ गाउँले भेला भएर निज भारतीय नागरिकलाई नियन्त्रणमा लिएका थिए ।

हाल पन्थापाडा प्रहरी चौकीको प्रहरी टोली झागाटोलीमा पुगिसकेको छ । स्थानीयवासीले निज भारतीय नागरिकलाई क्वारेन्टाइनमा राख्न माग गरेका छन् । स्थानीयवासीले बोर्डरमा निगरानी बढाउनु पर्ने समेत माग गरेका छन् ।

अनाधिकृत रुपमा नेपाल छिरेका भारतीय व्यक्तिले नाम बताएका छैनन् । नेपाली बोल्न नजान्ने उनले नेपालमा आफ्नो छोरा भएको मात्र दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: