पढाइ नहुनु भन्दा परीक्षा भएकै राम्रो – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

पढाइ नहुनु भन्दा परीक्षा भएकै राम्रो

बन्दाबन्दीको सुरुका दिनहरु प्रायः सुतेरै बिते तर पछिपछि यसरी सुतेर समय बर्बाद गर्नु हुन्न भन्ने कुराले मन बेचैनी भयो । के गरौँ ? कसो गरौँ ? कसरी समयको सदुपयोग गरौँ ? जस्ता प्रश्नहरुले घर गर्न थाल्यो ।

यसैबीचमा जन्मियो पुस्तक पढ्ने बिचार । दुईचार वटा पुस्तक खेजेर पढ्न थाले । पुस्तकहरू एकदमै सुन्दर र रचनात्मक थिए । त्यहाँ भित्रका हरेक हरफहरु सुन्दरता, ज्ञान र बौद्धिकता जस्ता कुराहरुले भरिभराउ थिए । मैले योभन्दा अगाडि यति मजाले कहिँलै पुस्तकसँग मित्रता गासेको थिइन तर पहिलो मित्रता नै अति प्रगाढ बन्यो । पुस्तकहरु वास्तव मै राम्रा हुँदा रहेछन्, त्यहाँ भित्र हाम्रो जीवनको धेरै प्रश्नहरुको उत्तर सजिलै पाउन सकिने रहेछ ।

यसै पुस्तक पढ्ने क्रममा मलाई मलाला युसुफजायीको जीवनी पनि पढ्ने मौका मिलो । यो पुस्तक पढ्दै गर्दा कहिले आँखाबाट आँसु झरे, कहिले गर्वले छाति फुले त कहिले आफ्नो देशको युवा र विद्यार्थी मित्रहरु देखेर निराश नि भए ।

सन् २०१२ तिरको कुरा हो उतिबेला पाकिस्तानमा अस्थिर सरकार थियो । त्यहाँ तालिवानहरुले ठूलो गृहयुद्ध मच्चाईरहेका थिए । तालिवानहरु आफुलाई धर्मको रक्षक मान्थे र मुलुकमा धर्मको रक्षाको लागि लडेको दाबी गर्दथे । धर्म नमानेको भन्दै दिनहुँ हजारौं मानिसहरु सहिद हुन्थे ।

तालिवानहरुले धर्मको नाममा आतंकवाद नै मच्चाएका थिए । आत्मघाती बम बिस्फोट गर्नुलाई उनिहरु धर्म मान्थे त्यसैले हरेक दिन त्यहाँ बिस्फोटका आवाजहरु गुञ्जिरहेका हुन्थे ।
उनिहरु नारी शिक्षालाई धर्मको विपरित मान्थे र नारी शिक्षा बन्द गराउनु नै उनिहरुको सबैभन्दा ठूलो एजेन्डा थियो । हरेक दिन बालिका शिक्षा दिने विद्यालयहरु बमद्वारा उडाइन्थ्यो । विद्यालयका प्राध्यापकहरुलाई बीच चौराहमा मारेर यो धर्मको खिलाव थियो भनेर उर्दि जाहेर गर्ने काम गरिन्थ्यो ।

यस्तै वातावरणको बीचमा हुर्केकी थिइन् मलाला । उनी सानै उमेरदेखि डराइडराइ पढिन्, बडिन् र हुर्किन । उसको परिवारले उसलाई बुर्का लाउन बाध्य नबनाए पनि उनी हुर्केको समाजले बुर्काबिनाको छोरीलाई स्विकार्नु गाह्रो कुरा थियो । झन् बालिकाशिक्षा त अपराध नै थियो । जान्ने बुझ्ने र अलि शिक्षित परिवारका बालिकाहरु मात्र शिक्षाको पहुँचमा थिए तर उनिहरुलाई पनि विद्यालय जान कठिन भइरहेको थियो । तर, उनीहरु पढ्न चाहन्थे तालिवानबाट लुकिलुकी भए पनि विद्यालय गएका थिए ।

बालिकाशिक्षाका लागि वकालत गर्न सक्ने हिम्मत लिएर उनीहरुले तालिवान विरुद्ध शान्त ढंगले लड्ने फैसला गरे । उनिहरु तालिवान विरुद्ध लड्दै गर्दा सबै भन्दा बढी सकृय र प्रभावकारी देखिएको नाम हो मलाला । उनीहरु सदैव ताकिवान विरुद्ध लाडे लाड्दै गर्दा उनिहरु समयमै हाम्रो परीक्षा हुन्छ भन्ने सोचेर पढाइलाई पनि संगसंगै लान्थे ।

बम र बारुदको बीचमा पनि उनीहरु पढ्न चाहन्थे परीक्षा दिन चाहन्थे । यो हो पाकिस्तानी बालिकाहरुले पढाइका लागि गरेको संघर्षको कुरा जुन एक्दमै गौरवमय छ ।
उनिहरुले गरेको संघर्ष र शान्तीकामी बिद्रोहले हरेक क्रान्तिकारी सोच राख्ने मानिसको मनसपटलमा ठूलो परिवर्तन ल्याएको छ । अब कुरा गरौँ हामीले हाल पढाइका लागि, परीक्षाका लागि र देशका लागि गर्दै गरेको संघर्षका कुरा ।

बन्दाबन्दी भए सँगै तत्काल हुन लाग्या सबै परिक्षाहरुको मिति सारियो । मिति यसरी सारियो कि परीक्षा कहिले हुन्छ भन्ने कुराको कुनै लेखाजोखा नै लगाउन सकिएन । कक्षा दशको परीक्षा नै नहुने भयो आन्तरिक मुल्यांकन बाटै रिजल्ट दिने तयारी थालियो । यसैबीचमा सबै तहको परीक्षा हुँदैन भनेर थुप्रै सञ्चार माध्यमबाट समाचार सम्प्रेषण गरियो जुन आधिकारिक समाचार थिएन । कक्षा एघारका विद्यार्थी साथीहरु सबै भन्दा धेरै गलत समाचारको सिकार हुनुभयो ।

सुरुसुरुमा कक्षा बाह्रका साथीहरु मात्र परिक्षा हुनुहुदैन भन्दै विभिन्न तर्कहरु दिदै हुनुन्थ्यो तर हाल त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो सातादेखि परीक्षा गर्ने भनेदेखि स्नातक तहका साथीहरु परीक्षाको विरुद्धमा विश्वविद्यालयको निर्णयको विरुद्धमा लड्न सुरु गर्नु भएको छ । सामाजिक सञ्जालमा एउटा समूह नै बनाएर परीक्षाको विरुद्ध लागिरहनु भएको छ । हामीलाई मानसिक अत्यचार गर्न पाईदैन, परीक्षा तत्काल बन्द गर, हाम्रो स्वास्थ्यको सुरक्षा खैँ, जस्ता थुप्रै नाराहरु बनाएर सञ्जालबाट साथीहरु भेला गर्दै हुनुहुन्छ ।

पढाइ नभइ परीक्षा कसरी दिने भन्ने नाराको आवाज ठुलै छ । यद्यपि तत्काल रोकिएका वा सरेका परीक्षाहरु मात्र भदौ दोस्रो सातादेखि हुने भन्ने कुरा त्रि.वि.को नोटिसमा स्पस्ट छ । तर, परीक्षा सञ्चालन गर्दा हाम्रो स्वास्थ्यको जिम्मा विश्वविद्यालयले लिनुपर्छ । कोर्स सकेर तत्काल परीक्षाको तयारी गरिएको कक्षाहरुको परीक्षा गरिदिए हामी परीक्षाको मानषिक तनावबाट मुक्त हुने थियौं । परीक्षा गराउन लागेर हामीलाई मानषिक अत्याचार भयो भन्ने आवाज विरोधी आवाज मात्र हो । हामी घर भित्र थियौं, हाम्रो कोर्स सकिएको थियो, हामीले पढेनौँ त्यो नपढ्नु हाम्रो कमजोरी हो ।

हामीले बमको बीचमा थियौं, न बारुदको बीचमा हामिले किन पढेनौँ ? हामी सबैलाई थाहा थियो परीक्षा सरेको मात्र हो, हुन्छ भनेर । किन लापरबाही गर्यौं ? यो हाम्रो लापरबाहीलाई विश्वविद्यालयले बुझिदिनु पर्छ भन्ने तर्कको कुनै तुक छ जस्तो मलाई चाहिँ लाग्दैन । विश्वविद्यालयले हाम्रो स्वास्थ्यको जिम्मा लिएर यदि परीक्षा गर्छ भने म परीक्षाको समर्थनमा छु र परीक्षा दिन तयार छु ।

हामी बन्दाबन्दीले धेरै जना आफ्नो गृह जिल्ला फर्किएका छौँ । हामीलाई सरल, सहज र सुरक्षीत तरिकाले आफ्नो क्यापमसमा फर्काउनु पर्ने जिम्मेवारी पनि त्रि.वि.ले लिन सक्नुपर्छ ।
यदि यसो गर्न सम्भव नभए हामीलाई घर पायक नजिकैको केन्द्रमा परीक्षा दिन मिल्ने प्रबन्ध मिलाई दिँदा हामीलाई धेरै सजिलो हुने थियो । यस बिषयमा सरोकारवालाहरुले एक पटक बिचार गरिदिनु हुन अनुरोध गर्दछु । आज भोलि विद्यार्थीहरुको आन्दोलनमा विशेष गरेर राजनीति गर्नकै लागि विश्वविद्यालय भर्ना गर्नेहरुको हाबी भएको हामी देख्न सक्छौँ ।

झन उहाँहारुको त माग नै छुट्टै किसिमको छ, जसमध्ये सबैभन्दा बुलन्द हुँदै गरेको माग त्रि.वि.ले परीक्षा कहिले गर्ने भनेर हामी युनियनहरुसँग सल्लाह गर्नु पर्दथ्यो हो ।
यस्तो किसिमको मागको झन् म कुनै तुक देख्दिन किनभने विद्यार्थी युनियनको काम समयमा परीक्षा गराउन मद्दत गर्नु, सुरक्षाका लागि मद्दत गर्नु हो । विश्वविद्यालयले गर्ने परीक्षा र प्रश्नपत्र निर्माणमा कुनै पनि किसिमको हस्तक्षेप गर्ने चेष्टा गर्नु एक्दमै अव्यवहारिक कुरा हो ।

विश्वविद्यालयले हाम्रो स्वास्थ्य सुरक्षाको जिम्मा लिए हामीलाई सहज हुने परीक्षा केन्द्रमा परीक्षा दिन मिल्ने वा हामीलाई सुरक्षीत केन्द्रसम्म पुर्याउने जिम्मा लिए हामी परीक्षा दिनुपर्छ ।
किनभने परीक्षा अहिले नै भइहाले हामीले पढेका सबै बिर्सन सक्ने समस्या आउन सक्छ । यद्यपि परीक्षा कोर्स सकिएकाहरुको मात्र हुनुपर्छ । कोर्स नसकिएकाहरुको बारे कोर्स सकेर निर्णय लिदा राम्रो हुन्छ ।

लेखकः गगन ढकाल मेचीनगर, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: