जनताको अपेक्षा

जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेको करिब एक वर्ष पुगेको छ । यो अवधिमा जनताले परिवर्तनको खासै अनुभूति गर्न सकेनन् । कार्य सुस्तताले गर्दा अपेक्षाकृत परिवर्तन हुन नसक्दा जनतामा निराशा छाउनु स्वाभाविक हो । जनप्रतिनिधिहरुले पनि यो एक वर्षको अवधिमा ‘अलमल’ले गर्दा काम अघि बढ्न नसकेको स्वीकारेका छन् । त्यसैले विगतका कार्य अनुभवलाई चुनौती र अवसरको रुपमा लिएर आगामी कार्यलाई अघि बढाउन सक्नुपर्छ ।

पूर्वकै सुन्दर पर्यटकीय नगरी मेचीनगरलाई सम्बृद्ध बनाउन सकिन्छ । तर पनि थुप्रै समस्या र चुनौतीहरु छन् । त्यसलाई चिरेर अघि बढ्न सकियो भने नगरको मुहार फेर्न सकिन्छ । नगरभित्रका सडक फराकिलो र सफा राख्न, पार्किङको व्यवस्था मिलाउन, सडक क्षेत्रमै सञ्चालन भइरहेको धाइजनमोडको बजारलाई उचित व्यवस्थापन गर्न, औद्योगिक क्षेत्र तोक्न, नाकालाई व्यवस्थित गर्न, गुणस्तरहीन खाद्य वस्तु भित्रिन नदिन, बधशाला व्यवस्थापन गर्न सकियो भने पक्कै मेचीनगर एउटा नमूना बन्न सक्छ । यी र यस्ता पूर्वाधार विकासका निम्ति नगरपालिकाले प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्छ ।

परिवर्तन एकैचोटी हुने होइन । समय पक्कै लाग्छ । तर पनि सुरुवाती कामहरुबाट जनताले परिवर्तनको अनुभूति भने गर्न पाउनु पर्छ । जनताले परिवर्तनको महसुस गर्न पाएनन् भने विकासको उपलब्धि भएको ठान्न सकिदैन । मेचीनगरको विकासमा सरोकारवाला निकायबाट आएको सकारात्मक सुझावले समग्र नगरकै हित गर्छ । त्यसलाई ग्रहण गरेर आगामी नीति तथा कार्यव्रmम बनाई कार्यान्वयन गर्न सकियो भने जनताले अनुभूत गरेको परिवर्तन र अपेक्षा पूरा हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: