निर्माण व्यवसायी पोखरेलको काठमाडौँमा निधन

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार ११:१४


झापा, २७ जेठ । झापाका निर्माण व्यवसायी दिपेन्द्र पोखरेलको कोरोना संक्रमणका कारण निधन भएको छ ।
एक महिनादेखि उपचाररत पोखरेलको बुधबार राति १२ बजे नर्भिक हस्पिटल काठमाडौंमा मृत्यु भएको हो ।

बिर्तामोड नगरपालिका–३ निवासी ५३ वर्षीय पोखरेल नेपाल प्लाइउड भेनियर संघ प्रदेश १ का अध्यक्ष समेत हुन् ।

निर्माण व्यवसायी महासंघ झापाको अध्यक्षको जिम्मेवारीसमेत सम्हालीसकेका पोखरेल उद्योगी सँगसँगै राजनीतिक र सामाजिक कार्यमा सक्रिय थिए ।
पोखरेल नेपाली कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य समेत हुन ।

पोखरेलका श्रीमती, एक छोरा र एक छोरी छन् । पोखरेलको निधनले काँग्रेस सिंगो पार्टी र निर्माण व्यवसायीहरुका लागि अपुरणीय क्षति पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज