मेचीनगर प्रमुखको आरोप : ‘जस लिने प्रवृत्तिले धेरै योजना अपहरणमा परे’

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको विकास निर्माणका काम र समृद्ध नगर बनाउन हरेक क्षेत्रको सहयोग उत्तिकै आवश्यक रहेको बताएका छन् ।
शनिबार आफ्नै कार्यकक्षमा स्थानीय सञ्चारकर्मीको भेटघाटमा नगर प्रमुख आचार्यले नगरका विभिन्न सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, अधिकारकर्मी, कार्यपालिका सदस्य, कर्मचारीलगायत सबैको साथ सहयोग नभए नगर प्रमुखले मात्रै काम गर्न सम्भव नभएको बताए ।
अहिले सांसददेखि हरेक जनप्रतिनिधिहरु आफुले जस पाउने काममा मात्र व्यस्त रहेको टिप्पणी गर्दै नगर प्रमुख आचार्यले आफुले मात्र जस लिने प्रवृत्तिका कारण नगरका धेरै योजना अपहरणमा परेको आरोप लगाए । नगरपालिकाको पहलमा ल्याएको योजना मैले ल्याएको भन्दै होडबाजी चलेको र प्रचारमुखीमा लागि परेको उनको आरोप छ ।
नगरपालिकालाई वाइपास गरेर कसैले पनि एकलौटीरुपमा अघि बढ्नुले सन्देश राम्रो नजाने उनको भनाइ छ । अहिले जिल्लाका अरु स्थानीय तहमध्ये मेचीनगर नगरपालिका विभेदमा परेकोमा दुखः व्यक्त पनि गरे । विभेदकारी भूमिकाले नगरको विकास नहुने भन्दै आचार्यले गतवर्ष धेरै नगरका योजनाहरु नपरेको, स्मार्ट सिटी योजना काटिएको, धेरै रकम फ्रिज भएर गएकोमा चिन्ता व्यक्त गरे ।
१ नम्बर क्षेत्रको आफ्नो नगरक्षेत्रभित्र सुरु भएको जनता आवास कार्यक्रम सरकारको भएपनि पार्टीकै मात्र भएको भान परेको भन्दै यस कार्यमा स्थानीय तहसँग सहकार्य समन्वय नगरेकोमा दुःख व्यक्त गरेका थिए ।


‘यो कार्यक्रम कुनै एउटा दलको मात्र थिएन,’ नगर प्रमुख आचार्यले भने, ‘तर नगरपालिकासँग सहकार्य समन्वय नै भएन । यसमा दुःख लागेको छ । यसले राम्रो सन्देश पनि जाँदैन ।’
नगरपालिकालाई अप्ठ्यारोमा पार्र्ने काम कसैले पनि गर्न नहुने तर्क उनको थियो । देशका विभिन्न ठाउँमा भारतले नेपालको भूमि मिचेको समाचार बाहिर आइरहेका बखत नगरपालिकाले भारतसँग सीमा जोडिएको क्षेत्रको सञ्चारकर्मीसहित स्थलगत अवलोकन गरेर सीमा स्तम्भ, भूमिको व्यवस्थित गर्ने बताए । मेचीनगरसँग भारतको सीमा ३४ किलो मिटर जोडिएकाले त्यसको नाप नक्सा गरेर सरकारको समेत ध्यानाकर्षण गराउने प्रमुख आचार्यको भनाइ थियो ।
आफुबीच तालमेल नमिल्दा नगरले जसरी विकासमा फड्को मार्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ छ । अहिले पनि नगरमा विकास निर्माणका काम धेरै अधुरा रहेकाले सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि आफुसहित उपप्रमुख मीना पोखरेल उप्रेती आइतबार काठमाडौँ जाने तयारीमा रहेको उनले सञ्चारकर्मीलाई जानकारी गराए । आवश्यक परे काठमाडौँमा १ नम्बर क्षेत्रका सङ्घीय सांसद्, प्रदेश सभा सदस्यहरुसँग पनि समन्वय गर्ने बताए ।
नगरका हरेक योजनामा उत्पन्न असमझारी, अन्यौलता, ढिलासुस्तीका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएर छिटोछरितो तरिकाले काम सम्पन्न गराउने योजना रहेको नगर प्रमुख आचार्यले बताए ।
उनले पर्यटन वर्ष–२०२० लाई सफल पार्न नगरस्तरीय समिति गठन, मङ्सिर महिनाभित्र प्रत्येक वडामा स्वास्थ्य सुविधाको व्यवस्था गर्ने, नवनिर्मित मेचीपुलका कारण विस्थापित मेचीडाँडा बासीहरुलाई उचित राहत उपलब्ध गराउने, अहिले मेचीनगरको विभिन्न क्षेत्रमा देखिएको रैथाने हात्तीको आतङ्क नियन्त्रण गर्ने, खानेपानीको उचित प्रबन्ध मिलाउने, फोहोर व्यवस्थापनमा लाग्ने, साइन्स सिटी, एन्फासँगको सहकार्यमा हुने प्रशिक्षण केन्द्रका बारेमा छलफल गर्ने लगायतका विषयमा नगर प्रमुख आचार्यले सञ्चारकर्मीसँग छलफल गरेका छन् ।

……………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: