रविन्द्र मिश्र पुरानै पार्टीमा लागेको भए के हुन्थ्यो ?

मेचीनगर । साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पत्रकारिताको चर्चित स्थान त्यागेर नयाँ पार्टी खोल्नतिर लागे । यदि उनी पुरानै पार्टीहरुमा लागेको भए के हुन्थ्यो ?

पूर्व पत्रकार एवम् साझा पार्टीका अध्यक्ष मिश्रले धुलावारीको रोयल निर्वाणमा शनिवार पत्रकार भेटघाटमा यसको रहस्य बताएका छन् ।

‘यदि भएकै दलहरुमध्येमा लागेको भए पेशागत र शैक्षिक पृष्ठभूमिका कारण मलाई राजदूत बनाइन्थ्यो, समानुपातिक सिटमा सांसद् बनाइन्थ्यो, मन्त्री बनाइन्थ्यो होला,’ उनले भने–‘त्युो हुँदा म केही बन्थे हुँला, तर देश बन्थेन, नयाँ सोच बन्थेन ।’

उनले आफुलाई मात्रै बनाउने र आफ्नालाई मात्र बनाउने राजनीतिभन्दा माथि उठेर देश बनाउने राजनीतिका लागि नयाँ पार्टी खोलेको बताए । ‘यो बाटो कठिन छ भनेर जानीजानी लागेका हौं,’ उनले भने–‘जतिसुबै चुनौति झेल्नु परे पनि दृढ भएर यही बाटोमा अघि बढ्ने निश्चय गरेका छौं ।’

धुलावारी जेसीजको पदहस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि हुन झापा आएका उनले पुराना पार्टीहरु सिसाको घरजस्तो भएको र त्यो छिटै झर्याम्झुरुम् हुने दावी गरेका छन् ।

उनले साझा पार्टीलाई राम्रो नीति, राम्रो नेता र साम्रो सोच भएको पार्टी भनेर जनताले भने तापनि चुनावमा मत नदिएकोमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘राम्रो नेता र राम्रो पार्टी भन्ने तर भोट चाहिँ पुरानै पार्टीहरुलाई जिताउने काम भइरहेको छ,’ उनले मतदाताप्रति गुनासो गर्दै भने–‘लोकतन्त्रमा देश बिग्रियो भने त्यसको जिम्मा नागरिक अर्थात मतदाताले लिनुपर्दछ । किनभने राम्रा मान्छे चुन्नका लागि नै लोकतन्त्र ल्याइएको हो ।’

साझा पार्टीका अध्यक्ष मिश्रले नागरिकले मत दिएर जिताएमा देशलाई विकसित बनाउन १२÷१५ वर्ष मात्रै लाग्ने धारणा सुनाएका छन् । दक्षिण कोरिया, चीन, भूटान, इथियोपिया, रुवाण्डा जस्ता देशहरु दुई दशकभन्दा कम अवधिमा विकासमा फड्को मार्न सफल भएको उनले उदाहरण सुनाए ।

उनले विवादमा परेको एमसीसी परियोजनाका बारेमा प्रष्ट धारणा राख्दै त्यसलाई संसद्बाट अनुमोदन हुनुपर्ने बताए ।

एमसीसीका बारेमा अफवाह फैलाइएको उनको भनाई थियो । खासगरी सबैजना विज्ञ हुन खोज्दा एमसीसीलाई विवादमा पारिएको उनको भनाई छ ।

सभामुख पदमा अग्नी सापकोटाको चयनको विषयमा बोल्दै उनले हत्याको किटानी आरोपलाई अब अदालतले नै निर्णय दिने हुँदा त्यसको प्रतिक्षा गरिनु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: