मितिनी मेयरलाई सम्मान थाप्न भ्याइनभ्याई

मेचीनगर । मितेरी साइनोमा बाँधिएको बेलायतको फक्सटन टाउनबाट मेचीनगरको भ्रमणमा आएको टोलीले विभिन्न सङ्घ संस्थाबाट भब्य स्वागत र सम्मान पाउने क्रम जारी छ ।

सोमवार मेचीनगर र फक्सटनबीच मितेरी सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रम लगत्तै फक्सटन टाउनका मेयर जेकी मेडसहितको टोली मेचीनगरमा स्वागत र सम्मान ग्हणमा व्यस्त छ ।

मङ्गलवार विहान विभिन्न गुम्बा र धार्मिक स्थलको भ्रमण गरेको फक्सटनको टोलीलाई दिउँसो एनएमसी डेरी उद्योग र मेची उद्योग वाणिज्य सङ्घमा भब्य स्वागत सम्मान गरिएको थियो ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी डेरीमा फक्सटनका मेयर जेकी मेड, फक्सटन सिटीको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रे जोन्सन, फक्सटन काउन्सिलका सेक्रेटरी नील जोन र फक्सटनका पूर्व काउन्सिलर एवम् गोर्खा फाउन्डेसन बेलायतका अध्यक्ष धनकिरण गुरुङलाई सम्मान गरिएको थियो ।

सो अवसरमा डेरी र सहकारीको व्यावसायिक परिचय प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मेचीनगरका प्रमुख विमल अअचार्य, उपप्रमुख मीना उप्रेती, सहकारीका उपाध्यक्ष नारायण कोइराला, प्रमुख कार्यकारी अधिकृत लक्ष्मी उप्रेती, बोर्ड सदस्य ठाकुरप्रसाद शिवाकोटी, बैङ्किङ व्यवसायतर्फका बोर्ड सदस्य राजु उप्रेती, डेरीका व्यवस्थापक नवराज अधिकारीलगायतको उपस्थिति थियो ।

फक्सटनकी मेयर जेकी मेडले मन्तब्यको क्रममा न्यानो आतिथ्यताका लागि खुशी व्यक्त गरेकी थिइन् ।

यसैगरी, मेची उद्योग वाणिज्य सङ्घले आफ्नै सभाहलमा फक्सटनकी मेयरसहितका पाहुनाको स्वागत सम्मान गर्यो ।

सङ्घका अध्यक्ष ऋषि तिम्सिनाको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा फक्सटनकी मेयर मेड र उद्योग वाणिज्य सङ्घका अध्यक्ष रे जोन्सनले मन्तब्य राखेका थिए । सङ्घका अध्यक्ष तिम्सिनाले स्वागत मन्तब्यमा मेचीनगरका उद्योग व्यापारको अवस्थाका बारेमा अवगत गराएका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव ध्रुव कनालले गरेका थिए भने कार्यक्रममा मेचीनगरका प्रमुख र उपप्रमुख, धुलावारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरे, मेची उद्योग वाणिज्य सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष प्रह्लादमणि ओली, मेचीनगर लेडी जेसिजकी पूर्व अध्यक्ष शोभा श्रेष्ठ, समाजसेवी हरि दाहाल, पत्रकार खगेन्द्र घिमिरे लगायतको उपस्थिति थियो ।
……………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: