वडास्तरीय भलिबल हुने

मेचीनगर । मेचीनगरमा प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

खेलकुद विकास समिति मेचीनगर वडा नं ७ को आयोजनामा फागुन १० गतेदेखि १७ गतेसम्म वडा स्तरीय भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको विहीवार इटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वडा स्तरबाट विभिन्न खेलका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य अनुरुप वडाले विभिन्न खेलको आयोजना गरेको बताउँदै वडा खेलकुद समिति संयोजक नेत्रप्रसाद दाहालले प्रतियोगिताले स्थानीय खेलाडीको प्रवर्धन हुनेमा आयोजक विश्वस्त रहेको बताए ।

प्रतियोगिता सञ्चालनका लागि वडा खेलकुद विकास समितिबाट २ लाख रुपैयाँ विनियोजित भएको जानकारी दिइएको छ । सात दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेता हुने टिमले नगद १५ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा मेचीनगरका १५ वटै टिमको सहभागिता रहने वडाध्यक्ष चन्दन मेचेले बताए । मेचीनगर–७ स्थित सरस्वती आधारभुत माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने वडा खेलकुद समितिका अध्यक्ष दाहालले बताए ।

पत्रकार सम्मेलनमा वडा नं ७ का अध्यक्ष चन्दन मेचे, नगरपालिका कर्मचारी एसोसिएसन मेचीनगर इकाइ समितिका अध्यक्ष रविन्सन थापा मगर, वडा समिति सदस्य तथा ७ नं वडा खेलकुद समिति अध्यक्ष दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

समितिका सचिव राजेश खरेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडा नं ७ का अध्यक्ष चन्दन मेचेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: