भन्सारमा लकडाउन : आधा मात्र उठ्यो राजस्व - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

भन्सारमा लकडाउन : आधा मात्र उठ्यो राजस्व

।। अर्जुन कार्की ।।
मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले चैत महिनाको लक्ष्यभन्दा आधा मात्र राजश्व असुली गरेको छ ।
सरकारले लकडाउन गरेका कारण भन्सारको लक्ष्य अनुसार राजश्व असुलीमा गिरावट आएको हो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार चैत महिनामा ९९ करोड ९४ लाख राजश्व असुली गर्ने लक्ष्य लिएको थियो । तर, चैत २२ गतेसम्म ४५ करोड ६६ लाख रुपैयाँ मात्र राजश्व असुली भएको छ । ४५ दशमलव ६९ प्रतिशत मात्र राजश्व सङ्कलन भएको छ ।

चीनको उहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले नेपालको अर्थतन्त्रमा असर परेको कारण अत्यावश्यक बाहेकका सामान भारतबाट आयात नभएकोले लक्ष्यमा पुग्न नसकिएको उनले बताए ।

चैत अर्थात लकडाउनको अवधिमा अत्यावश्यक सामग्री ग्यास, हवाई इन्धन, तरकारी र फलफुलदेखि बाहेक अन्य सामान नआएकोले राजश्वमा गिरावट आएको छ ।

यहि चैत १ देखि २२ गते सम्ममा ११ लाख ३४ हजार ७ सय १२ किलो लिटर ग्यास, ४४ किलोलिटर हवाई इन्धन, ५४ हजार ९ सय ५० केजी कोदो, ७३ हजार ९ सय ४० केजी मकै, १ लाख ३ हजार २ सय ९५ केजी तरकारी र ६० हजार ७ सय ४६ केजी फलफुल भारतबाट आयात भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७६÷७७ का लागि मेची भन्सारको लक्ष्य १३ अर्व २४ करोड राजश्व उठाउने थियो । तर, गत साउनदेखि यहि चैत महिनासम्ममा ७ अर्व ३८ करोड मात्र राजश्व असुली भएको भन्सार कार्यालयका प्रमुख विश्वकर्माले जानकारी दिए ।

कार्यालयले अबको तीन महिनामा लक्ष्य पूरा गर्न ५ अर्व ८१ करोड ५४ लाख रुपैयाँ राजश्व उठाउनु पर्छ । यहि अवस्था रहिरहे लक्ष्य पूरा गर्न गाह्रो रहेको उनको भनाई छ ।

गत साउनमा १०६ करोड उठाउने लक्ष्य थियो तर, ७३ करोड ९६ लाख मात्र राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । ६९ दशमलव ६० प्रतिशत मात्र राजश्व उठ्यो ।

गत साउन महिनामा १०६ करोड उठाउने लक्ष्य थियो तर, ७३ करोड ९६ लाख मात्र राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । ६९ दशमलव ६० प्रतिशत मात्र राजश्व उठ्यो ।

गत भदौ महिनामा १३२ करोड ७९ लाख उठाउने लक्ष्य थियो तर, ९३ करोड २२ लाख मात्र राजश्व सङ्कलन भएको थियो । ७० दशमलव २० प्रतिशत मात्र राजश्व उठ्यो ।

त्यसैगरी, गत असोज महिनामा १३२ करोड ७९ लाख उठाउने लक्ष्य थियो तर, ८० करोड ३५ लाख मात्र राजश्व सङ्कलन भयो । ६० दशमलव ५० प्रतिशत मात्र राजश्व उठ्यो ।

गत कार्तिक महिनामा १०४ करोड उठाउने लक्ष्य थियो तर, ६८ करोड मात्र राजश्व सङ्कलन भएको थियो । ६५ दशमलव ५५ प्रतिशत मात्र राजश्व उठ्यो ।

गत मङ्सिर महिनामा १०५ करोड ४५ लाख रुपैयाँ उठाउने लक्ष्य थियो तर, ८७ करोड ७३ लाख रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो । ८३ दशमलव २० प्रतिशत मात्र राजश्व उठ्यो ।

यस्तै, गत पुस महिनामा १०३ करोड २६ लाख रुपैयाँ उठाउने लक्ष्य थियो । तर, पुसमा नसोचेको राजश्व सङ्कलन भयो । जसमा १०३ करोड ३८ लाख रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनायो । ११२ प्रतिशतले राजश्व असुली गराउन सफल भएको प्रमुख विश्वकर्माले बताए ।

गत माघ महिनामा ९८ करोड ६५ लाख रुपैयाँ उठाउने लक्ष्य थियो तर, ९४ करोड ७० लाख रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो । ९६ प्रतिशत मात्र राजश्व उठ्यो ।

यसैगरी, गत फागुन महिनामा १०५ करोड ७० लाख रुपैयाँ उठाउने लक्ष्य थियो । तर, ९५ करोड ४६ लाख रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो । ९० दशमलव २३ प्रतिशत मात्र राजश्व उठाउन सफल भएको कार्यालयले जनाएको छ ।

भारतमा पनि नेपाल भन्दा अघि नै लकडाउन भयो । भारतमा लकडाउनका कारण बङ्गलादेशबाट नेपाल आउने आलु, मकै, जुस र प्लास्टिकका कुर्सी पनि आयात हुन पाएन ।

भारतबाट अत्यावश्यक सामान आए पनि बङ्गलादेशबाट चैत महिनामा कुनै सामान आउन नपाएको भन्सार कार्यालयले जनाएको छ ।

यसैवीच, प्रदेश न.१ का सांसद् गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मिना पोखरेल उप्रेती लगायतको टोलीले आइतबार मेची भन्सार कार्यालयका प्रमुख ध्रुबराज विश्वकर्मालाई अत्यावश्यक बाहेकका सामग्री आयातमा रोक लगाउन अनुरोध गरेका थिए ।

उनीहरुले औषधि, ग्यास र पेट्रोलियम पदार्थ बाहेकका सामग्री आयातमा पूर्ण रोक लगाउन कार्यालयका प्रमुख विश्वकर्मालाई ध्यानाकर्षण गराएका हुन् ।

‘भारतबाट आयात भएका अत्यावश्यक बाहेकका अन्य सामान भन्सारमा नै व्यवस्थापन गरेर राख्ने’, प्रमुख विश्वकर्माले भने–‘औषधि, ग्यास र पेट्रोलियम पदार्थ प्रज्ञापन पत्र भरेर पठाउने सहमति भएको छ ।’

उनले भन्सारको नीतिले आयात भएका सबै सामान रोक्न नमिल्ने भए पनि कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलिन थालेपछि सोमबारदेखि अन्य सामान रोकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: