काँकरभिट्टामा अलपत्र ७८ जना रातिनै भारत छिरे - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

काँकरभिट्टामा अलपत्र ७८ जना रातिनै भारत छिरे

मेचीनगर । काँकरभिट्टामा अलपत्र परेका ७८ जना नेपालीसहित भारतीयहरु विहीबार रातिनै पारी तरेका छन् ।

भारत हिडेका झापाका ७८ जना नेपालीसहित भारतीयहरु काँकरभिट्टाबाट रातिनै पारी तरेका हुन् ।

झापाका विभिन्न उद्योगमा काम गर्ने उक्त संख्याका नेपालीसहित भारतीय मजदुरहरु स्थानीयको सहयोगमा प्रहरीको आँखा छल्दै राति १० वजे हिडेरै पानीट्याङ्की पुगेको जनाएको छ ।

ससाना दुधेबालक च्यापेका महिलादेखि वृद्वासम्मका व्यक्तिहरु हिडेर रातिनै नक्सलबारी पुगेको होटल व्यवसयाी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

भारतको पश्चिम बंगालका करिव ७८ जना बंगाली मुलका तथा प्रवासी नेपालीहरु काँकरभिट्टाबाट भारत छिरिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: