विदेशबाट नेपालीलाई सरकारले ल्याउँछ ः प्रधानमन्त्री - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

विदेशबाट नेपालीलाई सरकारले ल्याउँछ ः प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले ल्याउँने बताएका छन् ।

सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताए ।

‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उनले भने, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ । निश्चिन्त रहन म आग्रह गर्छु ।’

भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरुबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उनले बताए ।

‘भारतबाट अनेक कष्ट झेल्दै घर फर्केकाबाट महामारी फैलनमा योगदान रहेको छ,’ प्रधानमन्त्रीले भने ।

स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले बताए ।

अझै नेपालमा केही समय कोरोना संक्रमण देखिने पनि उनले बताए ।

समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले कदम चाल्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: