कोरोना संक्रमितको संख्या ७७२ पुग्यो - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

कोरोना संक्रमितको संख्या ७७२ पुग्यो

झापा । थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

टेकु प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीका दुई जना, जुम्ला घर भई बारामा काम गरिरहेका २ जना र बाराकै थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।
अर्को पनि टेकुमै गरिएको परीक्षण अनुसार धनुषाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रौतहटका २२ जनाम संक्रमण पुष्टि भएको छ । सिराहा जिल्लाका ५ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीको प्रयोगशालामा भएको परीक्षणका क्रममा ७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये कपिलवस्तु, गुल्मी, अर्घाखाँचीका २÷२ जना र रुपन्देहीका १ जना छन् ।

सेती अस्पतालमा गरिएको परीक्षणका क्रममा कैलाली र अछामका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरामा भएको परीक्षणका क्रममा स्याङजा वालिङका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुर्खेत प्रयोगशालामा भएको परीक्षणका क्रममा सुर्खेतकै १२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दाङमा भएको परीक्षणका क्रममा कपिलवस्तुका दुई वर्षिया बालिकासहित २४ जनालाई संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ । संक्रमित मध्ये सबैभन्दा बढी प्रदेश नम्बर ५ मा संक्रमितको संख्या ३३१ छ ।
(पहिलोपोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: