झापामा २५ थपिएसँगै कोरोना संक्रमितको संख्या ७९ पुग्यो - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

झापामा २५ थपिएसँगै कोरोना संक्रमितको संख्या ७९ पुग्यो

भद्रपुर, १५ जेठ । झापाको कचनकवल गाउँपालिकामा आज मात्र थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ ।

जिल्लामा सबैभन्दा बढी कचनकवल गाउँपालिकामा मात्र ७५ जनामा कोरोना पुष्टि भएको छ । आज देखिएका २५ जना भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई आजै माइक्रोबसमार्फत कोभिड अस्पताल विराटनगर र धरान लैजान तयारी भइरहेको छ ।

गाउँपालिकाले दिनदिनै कोरोना संक्रमितको संख्या थपिएसँगै उनीहरुलाई कोभिड अस्पतालसम्म पुर्याउनका लागि आजदेखि ३५ जना अट्ने गाडीको व्यवस्था गरेको वडा नम्बर ३ का वडाध्यक्ष विजय राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार सो गाडी पालिकाले एक महिनाको लागि भाडामा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: