अलपत्र परेकालाई खाना खुवाउँदै ‘काँकरभिट्टा सोसाईटी’(फोटो फिचर) - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

अलपत्र परेकालाई खाना खुवाउँदै ‘काँकरभिट्टा सोसाईटी’(फोटो फिचर)

।। अर्जुन कार्की ।।

मेचीनगर । भारत तथा नेपालबाट आएर काँकरभिट्टामा अलपत्र परेका मानिसहरुलाई ‘काँकरभिट्टा सोसाईटी’ले निःशुल्क खाना खुवाउन थालेको छ ।

पश्चिम नेपाल तथा भारतका विभिन्न स्थानबाट सीमा नाका काँकरभिट्टा र मेचीपुलमा आइपुगेका नेपाली तथा भारतीय नागरिकहरुलाई ‘काँकरभिट्टा सोसाईटी’ले शुक्रबारदेखि निःशुल्क खाना खुवाउन थालेको हो ।

काँकरभिट्टामा जोकोहि खाना नपाएर बसपार्क क्षेत्रमा अलपत्र परेका मानिसहरुलाई काँकरभिट्टाका राजु कार्की, गोपाल तामाङ, दिपक पाखरेल, सुरेशकुमार श्रेष्ठ लगायतका समाजसेवी युवाहरुले निःशुल्क खाना खुवाउन शुरु गरेका छन् ।

‘शुक्रबार ५५ जनालाई खाना खुवाइयो’, राजु कार्कीले भने–‘शनिबार १०० जनाको खानाको अर्डर आएको छ । प्रहरी र जनप्रतिनिधिमार्फत अलपत्र मानिसको अर्डर आएपछि सोहि अनुसारको खानाको व्यवस्था गरिनेछ ।’

स्थानीय युवाहरुबाट चन्दा उठाएर ‘काँकरभिट्टा सोसाईटी’ नाम दिएर अलपत्र परेकालाई निःशुल्क खाना खुवाउँन शुरु गरिएको गोपाल तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: