ओलीसँग ‘वान टु वान’ वार्ता जरुरी ः प्रचण्ड – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

ओलीसँग ‘वान टु वान’ वार्ता जरुरी ः प्रचण्ड

मेचीनगर । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकरात्मक भएको स्रोतको दाबी छ ।

‘दुई अध्यक्षका बीचमा गम्भीर ढंगल छलफल गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो,’अब छलफलका लागि क्रमशः वातावरण बन्दै गएको छ ।’

सोमबारको भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताएका थिए ।

‘हामी दुई जनामात्रै बस्न जरूरी छ । अरू यताउति नगरिकन हामीमात्रै बसौं भनेर अध्यक्षले भन्नुभएको छ ।

कार्यदल बन्यो भनेर हिजो बाहिर भ्रम परेको हुनाले अध्यक्ष संवेदनशील हुनुभएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीबाट ठोस कुरा केही नआएको भए पनि छलफल, छलफलजस्तो भएको छ ।’

बैठकमा प्रचण्डले दुई अध्यक्षकै बीचमा छलफल गर्नु पर्ने बताएका थिए । दोश्रो तहका नेताहरूभन्दा पनि आवश्यक परे बरिष्ठ नेतालाई बैठक राख्न जरूरी रहेको बताएका थिए ।

उनले वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने समेत बताएका थिए ।

यसअघि आइतबारको भेटमा दुबै पक्षका केही नेताहरूलाई राखेर अनौपचारिक कार्यदल बनाइएको बालुवाटारले बताएको थियो ।
(सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: