लकडाउनकाबीच केसर खेती गर्ने तयारीमा व्यवसायी – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

लकडाउनकाबीच केसर खेती गर्ने तयारीमा व्यवसायी

।। अर्जुन कार्की ।।

मेचीनगर । केसर खेती शुरु गर्ने सिजनमा लकडाउनले कृषकलाई प्रभावित बनाएको छ । तर, पनी लकडाउनलाई छिचोल्दै केसर खेती गर्ने तयारीमा व्यवसायीहरु पुगेका छन् ।

मङ्गलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर लकडाउनकाबीच केसर खेती गर्ने तयारीमा रहेको व्यवसायीहरुले बताएका छन् ।

नेपालमै पहिलोपटक केसरको व्यावसायिक खेती शुरु गरेका इलाम र झापाका उद्यमीहरुले यसपटक लकडाउनका कारण प्रभावित भएको जाँैबारी मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर प्रालि इलामका अध्यक्ष विरबहादुर कटुवालले बताए ।

विश्व व्यापिरुपमा फैलिएको कोभिड–१९, बाढी पहिरो र लकडाउनका कारण असारदेखि साउन महिना सम्ममा रोपिसक्नु पर्ने केसरको विरुवा रोप्न नसकिएको उनको भनाई छ ।
यो दुई महिना भित्र रोपिएन भने असोज र कार्तिक महिनामा फुल फुल्न गाह्रो हुने उनले बताए ।

लकडाउनका समयमा पनि भारतका विभिन्न ठाउँबाट केसरको विउँविजन मगाएर खेती गर्ने तयारीमा रहेको अध्यक्ष कटुवालको भनाई छ ।

भारतको श्रीनगर र कस्मिरबाट केसरको विरुवा ल्याएर गतवर्षदेखि हिमाली क्षेत्र इलामको सन्दकपुर–५ जौँबारी तथा माइ जोगमाई–६ थुम्केमा व्यवसायिक खेती शुरु गरिएको छ ।

गतवर्ष पहिलो पटक नमुनाका लागि उक्त क्षेत्रमा उत्पादन गरिएको केसरको विरुवा राम्रोसँग हुर्किएको थियो । करिव एक केजी केसर उत्पादन गरेका थिए ।

अन्तराष्ट्रिय बजारमा प्रतिकेजी १२ देखि १५ लाख रुपैयाँ पर्ने केसर उक्त कम्पनीले प्रतिकेजी ६ लाख रुपैयाँको मुल्यले बिक्री गरेका थिए ।

ईम्युनिटी पावर बढाउन, अल्जाइमर्स, गर्भवती महिला, डिप्रेसन लगायतका बिरामीलाई यसबाट बनेको औषधि खुवाइने गरिएको छ ।

‘शुरुमा ट्रायकको रुपमा उत्पादन गरिएकोले सस्तैमा प्रचारका लागि बिक्री गरिएको थियो’, कम्पनीका निर्देशक शंकर भट्टराईले भने–‘अब व्यवसायीकरुपमा शुरु गर्न खोजेका थियौँ । तर, लकडाउनले विरुवा ल्याउन सकिएको छैन । बाढी पहिरो, बाटोघाटो र कोरोना भाइरसका कारण समस्यामा परेका छौँ ।’

कम्पनीले उक्त क्षेत्रमा स्याउ, नसपति, अन्जिर, आलुवखेडा लगायत फफुलका विरुवा समेत रोपेको बताइएको छ ।

भारतको कस्मिर लगायतका जिल्लाबाट उक्त क्षेत्रमा स्याउका दुई सय वटा विरुवा, नसपतिको ५० वटा विरुवा, आलुवखेडा लगायतका फलफुलका १५० वटा विरवा ल्याएर रोपिएको भट्टराईले जानकारी दिए ।

कम्पनीको ६९ रोपनि जग्गामध्ये १५ रोपनिमा केसर तथा फलफुलका विरुवा लगाइएको जनाएको छ ।

झापा र इलाम स्थित बजारमा बस्ने कम्पनीका उद्यमीहरु लकडाउनका कारण पहाडीभेग जौँबारीमा खेती भएकाले त्यहाँ गएर व्यवसायीक खेती गर्न समस्या भएको सञ्चालक चित्र राजबंशीको भनाई छ ।

‘झापाबाट खेती गर्न त्यहाँ जान प्रहरीले क्वारेन्टिनमा बस्नु पर्छ भन्छन्’, कम्पनीका अध्यक्ष समेत रहेका कटुवालले भने–‘विहान गएर बेलुका फर्किन सम्भव छैन । प्रहरीले दिउसो आउन पाइन्छ बेलुका यता बस्न नमिल्ने बताएका कारण मारमा परेका छौँ ।’

प्रदेश तथा स्थानीय सरकारले लकडाउनको समयमा ठुलो लगानी गरेर कृषि तथा पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरुको पीरमार्का बुझिन दिन उद्यमीहरुले आग्रह समेत गरेका छन् ।

बहुऔषधीय गुणयुक्त केसर खेतीलाई प्रदेश तथा स्थानीय सरकारले उत्साहित बनाउन पनि अनुदान दिन आवश्यक रहेको कृषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: