सहायक सिडिओ राईको नेतृत्वमा होटल क्वारेन्टिनको निरीक्षण – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

सहायक सिडिओ राईको नेतृत्वमा होटल क्वारेन्टिनको निरीक्षण

।। अर्जुन कार्की ।।

मेचीनगर । जिल्ला प्रशासन कार्यालय झापाको टोलीले काँकरभिट्टाका होटलका क्वारेन्टिनहरुको स्थलगत निरीक्षण गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतुत्वमा विहीबार आएको टोलीले मेचीनगरका होटलका क्वारेन्टिनहरुको स्थलगत निरीक्षण गरेको हो ।

स्थानीय सरकारले भारत, काठमाडौँ र तेस्रो मुलुकबाट आएका नागरिकहरुको सहजताका लागि होटलको क्वारेन्टिनमा राख्ने गरेको छ ।

उनीहरुको स्थानीय सरकारले क्वारेन्टिनमा बसेकाको पीसीआरको नमुना संकलन गरेर विराटनगर तथा धरानको कोभिड अस्पतालको प्रयोगशालामा पठाइरहेको छ ।

होटलको क्वारेन्टिनमा बसेका नागरिकलाई होटल सञ्चालकले पीसीआरको नमुना परीक्षण गर्ने भनेर थप रकम लिएको सुनिएपछि स्थलगत निरीक्षणमा आएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।

मेचीनगरको होटलका क्वारेन्टिनमा स्थलगत निरीक्षण गर्दा त्यस्तो नभेटिएको उनको भनाई छ । होटलवालालाई सरकारको मापदण्ड अनुसार सुरक्षित रहेर काम गर्न निर्देशन गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयको टोलीलाई स्थानीय जनप्रतिनिधि तथा संघ–संस्थाका प्रमुखहरुले सहयोग गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी राईको टोलीमा नायव सुब्बा यदुनन्दन दाहाल, नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइराला, समितिका सदस्य एवम् नेपाली सेनाको नयाँ श्रीनाथगण चारआलीका क्यापटेन विजय काफ्ले, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, डिएसपी राजेन्द्र पोखरेल, मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), भुपाल शिवाकोटी, राजु पौडेल लगायतका समाजसेवी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: