तस्करी आरोपमा तानिए केचना र पृथ्वीनगरका सशस्त्रका इन्स्पेक्टर – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

तस्करी आरोपमा तानिए केचना र पृथ्वीनगरका सशस्त्रका इन्स्पेक्टर

झापा, १५ साउन । भारतसँग जोडिएको खुला सीमा नाकाबाट तस्करी बढेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट झापामा कार्यरत दुईजना सशस्त्र प्रहरी निरीक्षकलाई तानिएको छ।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी वंशीराज दाहालको निर्देशनमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाका सशस्त्र प्रहरी निरीक्षक लोकबहादुर तामाङ र बोर्डर आउट पोस्ट पृथ्वीनगरका कमल थानीलाई मंगलबार त्यहाँबाट तानिएको हो।

सशस्त्र प्रहरी निरीक्षक तामाङलाई सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी पठाइएको छ भने थानीलाई सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापामा तानिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी स्रोतले भन्यो, ‘तस्करी गतिविधिमा संलग्न र सङ्गठनको विपरीत काम गरेको भन्दै दुवै इन्स्पेक्टरलाई डिआइजी दाहालको आदेशमा तानिएको हो।’

दुवै सशस्त्र प्रहरी निरीक्षकलाई तानेपछि केचनामा सशस्त्र प्रहरी निरीक्षक सियाराम चौधरी र पृथ्वीनगरमा सशस्त्र प्रहरी निरीक्षक चेतन बाराकोटीलाई खटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका केही समयअघि आएका डिआइजी दाहालले मंगलबार झापाका गण तथा बिओपीहरुको स्थलगत अनुगमन गरेका थिए।

अनुगमनको क्रममै उनीहरूलाई त्यहाँबाट तानिएको जनाइएको छ। झापाका सीमा नाकाबाट पछिल्लो समयमा तस्करी गतिविधि मौलाएको छ।

(स्रोत : थाहा खबर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: