समुदायमा कोरोना फैलिन थाल्यो : विज्ञ – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

समुदायमा कोरोना फैलिन थाल्यो : विज्ञ

जीवन चौलागाई

झापा, १६ साउन । झापामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिन थालेको विज्ञको धारणा आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले मेचीनगर, अर्जुनधारा र बाह्रदशीमा स्थानीय व्यक्तिहरुमा कोभिड –१९ को सङ्क्रमण देखिएको जनाउँदै यसबाट समुदायमा अझै बढी फैलिनसक्ने जोखिम बढेको बताए ।

पछिल्लो जानकारी अनुसार मेचीनगरमा सशस्त्र प्रहरी गुल्मका १२ जनामा आज कोरोना पुष्टि भएको छ भने यो समेत गरी कोभिड –१९ को सङ्क्रमण भइसकेका काँकरभिट्टाका सशस्त्र प्रहरीको सङ्ख्या ३२ पुगेको छ ।

‘विदेशबाट आउनुभएकालाई सङ्क्रमण पहिल्यैदेखि भेटिदै आएको हो, तर अब स्थानीय व्यक्तिहरुमा समेत भेटिएको छ,’ स्वास्थ्य कार्यालयका फोकल पर्सन चौलागाईले लोकतन्त्र पोस्टसँग भने–‘यो अवस्थालाई समुदायमा सङ्क्रमण पुगिसकेको र अझै फैलिन सक्ने जोखिम भएको मानिन्छ ।’

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यवसायी लगायत स्वदेशभित्रै रहेका सर्वसाधारणलाई कोभिड –१९ को सङ्क्रमण देखा परेमा त्यसलाई समुदायमा कोरोना पुगिसकेको भन्ने गरिन्छ । काँकरभिट्टामा कार्यरत सशस्त्र प्रहरीको ठूलो सङ्ख्यामा कोरोना पुष्टि हुनु यसको प्रमाण हो ।

उनले सर्वसाधारणलाई हिँडडुल गर्नैपरेमा अनिवार्य मास्क लगाउन र सामाजिक दूरी कायम गरेर मात्र नियमित कामकाजहरु गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: