यी हुन् सज्जा, जसको सपना थियो डिजाइनर बन्ने

झापा, १२ भदौ । नेपाल आइडल सिजन थ्रीकी बिजेता सज्जा चौलागाई मोरङ पथरीकी हुन् ।

सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् । तर गीतले उनलाई पछ्याइरह्यो ।

सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो ।

स्नातक अध्ययन गर्दै रहेकी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनमा आएदेखि नै उनको गायकीको तारिफ हुन थालिसकेको थियो ।

नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो उनलाई ।

गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन् ।

उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ ।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् ।

बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् ।

उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो । कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो ।

लाउन्जहरूमा हिन्दी, रक र अङ्ग्रेजी गीत बढी गाउनुपथ्र्यो । तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो ।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन् ।

गाएर कमाएको पहिलो कमाइ पाँच सय रुपैयाँ थियो ।

नेपाल आइडलको उपाधि जितेर उनले नाम र दाम दुबै कमाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: