नेकपाको महाधिवेशन चैतमा, पार्टी प्रचण्डले र सरकार ओलीले चलाउने

मेचीनगर, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ ।

विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रस्तावित प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव पारित गर्दै बैठक सकिएको हो ।

बैठकले कार्यकारी अध्यक्षको अधिकार प्रचण्डलाई दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओली सरकार सञ्चालनामा केन्द्रित हुने सहमति भएको उनको भनाइ छ ।

त्यसैगरी पार्टीलाई विधि र पद्धतिका आधारमा चलाउने र यसअघि भएका कमी कमजोरीलाई सच्याउने सहमति भएको श्रेष्ठले बताए । असार १० गतेबाट सुरु स्थायी कमिटी बैठक शुक्रवार सकिएको हो ।

शुक्रवारको बैठकमा अष्टलक्ष्मी शाक्य, माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, युवराज ज्ञवाली, नारायणकाजी श्रेष्ठ लगायतले धारणा राखेका थिए ।
बैठकले स्थायी कमिटी सदस्यले राखेका धारणा समेटेर प्रतिवेदन पास गरेको श्रेष्ठले जानकारी दिए । ‘दुर्घटनाबाट बचाउँदै सांगठनिक एकता गर्ने विषयमा सहमति भएको छ,’
श्रेष्ठले भने ।

बैठकले पार्टी एकताको रक्षा गर्ने र पार्टीलाई सुदृढ गरी अघि बढाउने निर्णयसमेत गरेको छ ।

सरकार ओलीले चलाउने पार्टी प्रचण्डले

बैठकले अध्यक्षद्वयको कार्य विभाजनसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार अब अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा ध्यान दिनेछन् भने अर्का अध्यक्ष प्रचण्डले पार्टी हाँक्ने छन् ।

‘सरकारका दैनिक काममा पार्टीले हस्ताक्षेप नगर्ने सहमति भएको छ । तर, राष्ट्रिय कुरामा सरकारले निर्णय गर्दा पार्टीको भावना अनुरुप अघि बढ्नुपर्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ।

महाधिवेशनको मिति तोकियो

नेकपाले आफ्नो महाधिवेशनको मितिसमेत तोकेको छ । बैठकले २०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको श्रेष्ठले बताए । महाधिवेशनबारे छलफल गर्न नेकपाले कार्तिक १५ देखि १७ गतेसम्मका लागि केन्द्रीय कमिटी बोलाएको छ ।

सीमाबारे भारतसँग वार्ता गर्ने

त्यसैगरी बैठकले अतिक्रमित भुभागमा नेपालीको हकभोग स्थापना गर्ने र विदेशी सुरक्षाकर्मीलाई फिर्ता गर्ने गरी सरकारले गरेको निर्णयलाई धन्यवाद दिँदै भारतसँग कुटनीतिक वार्ता गर्ने निर्णय गरेको छ ।

‘अतिक्रमित भुभागमा नेपालीको हकभोग स्थापना गर्ने र विदेशी सुरक्षाकर्मीलाई फिर्ता गर्ने गरी सरकारले गरेको निर्णयलाई धन्यवाद र साथ दिने नागरिक समाजलाई धन्यवाद दिँदै अब भारतसँग राजनीतिक र कूटनीतिक वार्ताबाट नै हल निकाल्ने पार्टीले निष्कर्ष निकालेको छ,’ श्रेष्ठले भने ।

(पहिलो पोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: