अलैंचीको प्रशोधन मंसीरदेखि झापामै

  प्रकाशित मिति
२ आश्विन २०७७, शुक्रबार ०९:१४


मेचीनगर, २ असोज । नेपालमा उत्पादित अलैंचीको ठूलो हिस्सा प्रशोधनविना नै निर्यात गर्नुपरिरहेका वेला अब भने यसको प्रशोधन स्वदेशमै गरिने भएको छ ।

अर्जुनधारामा ३ करोड लागतमा प्रशोधन उद्योग निर्माण भएसँगै आउँदो मङ्सीरबाट प्रशोधन गर्न सकिने भएको हो ।

उद्योगका सञ्चालक निर्मल भट्टराईले देशमा उत्पादित सबै अलैंची प्रशोधन गर्न एउटा उद्योगले मात्र सम्भव नहुने भन्दै शुरुआत मात्र गरेको बताए ।

यो उद्योगले उत्पादितमध्ये १५ प्रतिशत अलैंची प्रशोधन गर्न सकिने उनको भनाइ छ । उद्योगले अलैंचीलाई ठूलो, मझौला, साना र सामान्य चार वर्गमा छुट्याएर खरीद गर्ने प्रावधान बनाएको उनले बताए ।

उनका अनुसार, उद्योगको नमूना प्रशोधन समेत भइसकेको छ ।

उद्योगले अलैंची प्रशोधन गरी विभिन्न रुपमा उत्पादन गर्ने योजना बनाएको छ । गुणस्तरीय अलैंचीलाई १०० र १५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने र अर्को प्रशोधन मार्फत ‘ड्रस’ बनाउने योजना रहेको भट्टराईले जानकारी दिए ।

यस्तै, अलैंचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउन सानो गेडालाई प्रशोधन गरेर स्वदेशी बजारमा ल्याउने सञ्चालक भट्टराईले बताए ।

अहिलेसम्म अलैंचीलाई प्याकिङ नै नगरी बोरामा हालेर निर्यात गरिंदै आएको छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैंचीको भाउसमेत राम्रो नपाउने समस्या आउने गर्छ ।

नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अपेक्षा छ । उद्योग सञ्चालक भट्टराईले उद्योग अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बनाइएको बताए ।

उद्योगले अहिले अलैंचीको मात्र प्रशोधन गर्ने र समय क्रममा माग र दक्ष जनशक्ति बढेमा अन्य वस्तुसँगै अलैंची प्रशोधन गरेर बेच्ने योजना रहेको उनको भनाइ छ ।

(रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin